• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ?

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् ।

    कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् ।

    त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । र, उनी बलिया उम्मेदवार हुन् ।

    साझा बन्न नसक्दाको पीडा

    वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्न हरसम्भव प्रयास गरे । शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहलाई मनाउन नसक्दा अन्तिम पटक सभापतिको उम्मेदवार बन्ने उनको धोको पूरा हुन सकेन ।

    साझा उम्मेदवार नभए आफूले पार्टी नै छाड्ने धम्की दिएको भए पनि उनको त्यो ‘तुरुप’ ले काम गरेन ।

    शशांक ब्याक भएका थिए । शेखरले पनि प्रकाशमान ब्याक भए आफूले पौडेलाई साथ दिने बताएका थिए । तर, प्रकाशमान ब्याक हुन चाहेनन् । जसका कारण रामचन्द्र पौडेल साझा उम्मेदवार बन्न सकेनन् । साझा उम्मेदवार बन्न नसक्दा फेरि पनि १३ औं महाधिवेशनमा जस्तै पराजयको भय उनमा थियो। जसका कारण आफ्नो टिमको व्यवस्थापन भन्दा बाहिरै बस्ने सोच उनले बनाए र विज्ञप्ति निकालेर पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो बनेको उल्लेख गर्दै पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको बताए।

    देउवालाई चुनौती दिने नेताको रुपमा महाधिवेशन उद्घाटनका दिन सम्म कांग्रेसी कार्यकर्ताले ठानेको भए पनि उनले अप्रत्याशित रुपमा प्रतिस्पर्धाबाट बाहिरिने जानकारी गराए । कतिपयले सभापतिबाट मात्र ब्याक भएको ठानेका भए पनि उनले केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन्, जसलाई उनको लामो राजनीतिक जीवन अन्त्यतिर पुगेको रुपमा कतिपयले हेरिरहेका छन् । तर, पौडेलले भने महाधिवेशनमा प्रतिस्पर्धा नगरे पनि राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहिरहने बताएका छन् ।

    ‘प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगें’ पौडेलले भनेका छन्, ‘तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृती र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु’ उनले भनेका छन् ।

    देउवालाई साथ

    १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार भएर पराजित भएका नेता कृष्णप्रसाद सिटौलालाई कांग्रेसमा तेस्रो धारको रुपमा लिने गरिएको छ । यसअघिको महाधिवेशनमा गगन थापा समेत उनको समूहमा थिए । यसपटक पनि सिटौलाले उम्मेदवारी दिने अनुमान धेरैले गरेका थिए तर उनले सभापतिमा मात्र होइन केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन् ।

    आफूलाई साथ दिएका प्रदीप पौडेल लगायतलाई संस्थापनसँगको सहकार्यमा उम्मेदवार बनाउन सफल भएका सिटौलाले कांग्रेसको राजनीति गर्न केन्द्रमा रहनु नै नपर्ने बताएका छन् । आफूलाई तेस्रो धारको रुपमा कांग्रेसमा स्थापित गराउँदै गर्दा सिटौलाले आफू पक्षधर महाधिवेशन प्रतिनिधि र नेताहरु बनाउन सकेनन् । जसका कारण स्पष्ट रुपमा कुनै पक्षसँग बार्गेनिङ गर्न सक्ने क्षमता उनमा कमजोर बन्दै गयो र उनले सभापतिमा उम्मेदवारी दिनु ठिक ठानेनन् । केन्द्रीय सदस्यमा चुनाव लडेर अबको दिनमा कांग्रेसमा नेतृत्व गर्न सकिने सम्भावना सम्भवत: उनले देखेनन् । नयाँ पुस्ता पदाधिकारीमा आइरहँदा सिटौलाले त्यसलाई स्वीकार गरेका छन् र आफू पक्षधरलाई स्थापित गर्ने ध्याउन्नमा लागेका छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.