काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा आइतबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार १९० रुपैयाँ कायम भएको छ ।








