काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले पराजित भएका विजयकुमार गच्छदारले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् ।
सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार डा। शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए ।
गुरुङले १९०८ मत ल्याएर विजयी भए भने गच्छदारले १९०६ मत ल्याएका छन् । गच्छदारले पुनः गणनाको माग गर्दै निवेदन दिएका छन् । दुई उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्काले धेरै मत ल्याएर विजयी भएका छन् ।








