चितवन । चितवन प्रहरीले चोरी भएका र हराएका मोबाइल खोजतलास गरी चितवन सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज (शुक्रबार) १० स्थान मोबाइल सम्बन्धित मोबाइल धनीलाई फिर्ता गरेको हो ।
कार्यालयका प्रहरी निरीक्षक कमला नरालले उक्त मोबाइल सम्बन्धित व्यक्तिलाई हाँस्तान्तरण गरिन् । चोरी भएका र हराएका मोबाइल फिर्ता पाएपछि उनीहरुले खुशी व्यक्त गरेका थिए ।








