• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गोदावरीका नगरपालिकाको कृषि अनुदान : किसानको गुनासै गुनासो

  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर । गोदावरी नगरपालिकासँग स्थानीय किसानको गुनासो नै गुनासो रहेको पाएको छ । चापागाउँमा  आयोजित स्थानीय जनप्रतिनिधिसँग कृषकका कुरा कार्यक्रममा किसानहरुले मेयर जगेन्द्र महर्जनसँग दर्जनौं गुनासा सुनाए ।

    ललितपुर लेलेका किसान रामकृष्ण श्रेष्ठले आफूले नगरपालिकाले वितरण गर्ने बिउ मल र कृषि औजारजस्ता समाग्री नपाएको दुखेसो पोखे । उनले किसानले फम दर्ता नगरि अनुदान नपाउने अनुदान पाउनकै लागि धेरै पैसा खर्च गर्ने किसानसँग पैसा नभएको भन्दै समस्या राखेका थिए ।

    छम्पीका बिउ व्यावसायी कृष्णबहादुर घिमिरेले यस ठाउँमा तरकारी बाली चोरीको समस्या रहेको बताए । उनले भने, ‘त्यसैले म बिउ व्यावसायमा संलग्न छु । तर नगरपालिकाले हाम्रो बिउलाई गुणस्तर प्रमाणित नगरिदिएकाले हेटौंडा जानुपर्ने बाध्यता छ ।’

    घिमिरेले नगरपालिकाले स्थानीय बिउलाई प्रबर्द्धन गनुपर्ने सुझाव दिँदै हाइव्रिड बिउका कारण रोग बढेकाले स्थानीय बिउ हराएर जाने खतरा बढ्दा बिउसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘भोकमरी लागे हामीले बिउ पाउँदैनौं ।’

    टाहाखेलका बाबुकाजी नगरकोटाले देशका विभिन्न ठाउँबाट गोदावरीमा आएर करोडौं लगानी गर्नेले लाखौ अनुदान कुक्ल्याउने गरेको तर रैथाने किसानले एक रुपैयाँ पनि नपाएको गुनासो पोखे । उनले भने, ‘साना किसानको परिचय पत्र वितरण गरेर रैथाने  किसानलाई नगरपालिकाले संरक्षण गर्नुपर्छ ।’

    लेलेकी किसान गीता थापा कुटो कोदालो गरेर खेती गरेर परिवार पालेको अवस्थामा आफूलाई अनुदानबारे कसैले जानकारी नदिएको बताएन् । उनले भनिन्, ‘खेती नगर्नेले बिउ लिएर घरमा राख्छन् । हामीले पाउदैनौं ।’

    थापाले गाउँघरमा एनजीओले बिउ बाँडेको स्मरण सुनाउँदै नगरपालिकाको कृषि कार्यक्रम प्रभावकारी नभएको गुनासो गरिन् ।

    चापागाउँका च्याउ किसान विकास देशारले च्याउ खेती प्रबर्द्धन गर्न नगरपालिकाले विशेष योजना ल्याउन माग गरे । उनले भने, ‘चापागाउँ च्याउ खेतीका लागि प्रख्यात ठाउँ हो । तर भारतीय च्याउ २ सय रुपैयाँमा कालिमाटीमा झर्छ ।  हाम्रो लगानी नै प्रतिकेजी २ सय छ । लागत घटाउन विशेष अनुदान चाइयो ।’

    स्थानीय किसान अस्मिता श्रेष्ठले तरकारीले बजार नपाएको मूल्य कम पाउने गरेको सुनाइन् । अस्मिता नगरकोटीले कुलोको समस्या रहेको नगरपालिकाले चेपकटर वितरण गरेको भए पनि आफूले नपाएको बताइन् । गीता विश्वकर्माले नगरपालिकाले किसानलाई तरकारी ढुवानीका लागि नि:शुल्क दिएको गाडीमा तरकारी बजार लैजान नपाएको गुनासो गरिन् ।

    नगरपालिकाका कृषि शाखा प्रमुख टोपराज घिमिरेले फर्म दर्ता नभएका किसानले पनि अनुदान पाउने जानकारी दिएका थिए । उनले भने, ‘फर्म दर्ता भएकासँगै कृषि सहकारी र कृषि समूहमा सदस्य भएर अनुदान पाउन सकिन्छ । अनुदानसम्बन्धी जानकारी नभएर यस्तो भएको हो । चासो देखाएर बुझे अनुदान पाइन्छ ।’

    गोदावरी ९ का वडाध्यक्ष आत्माराम थापाले गैरकिसानले अनुदान पाएको तर वास्तविक किसानले अनुदान पाउन नसकेको स्वीकार गरे । उनले भने, ‘कर्मचारी र राजनीतिक दलका व्यक्तीले कागजी खेती पाती गरेअनुदान कुम्ल्याउछन् । हामी रमिले बनेका छौं ।’

    गोदावरी ५ का वडाध्यक्ष मीलन सिलवालले साना किसानले अनुदान नपाएको सन्दर्भमा के गर्ने भन्ने विषय सोचनीय रहेको बताए । उनले भने, ‘तर सबै किसानलाई नगरपालिकाले एक एक बोरो मल र बिउ दिन सक्दैन ।’

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले किसानले गोलभेडा र मुला खेती गरेर उन्नती गर्न नसक्ने बताउँदै ठूला खेतीतर्फ लाग्न आग्रह गरे ।

    गोदावरी ११ का वडाध्यक्ष निलबहादुर देशारले गाविस हुँदा किसानले स्थानीय सरकारबाट धेरै सहयोग पाएको बताए । आफू पनि किसान नै रहेको सुनाँउदै वडाध्यक्ष देशारले तल्लो तहका किसानले अनुदान नपाएको गुनासो सुन्नु पर्दा आफूलाई दुःख लाग्ने बताए ।

    गोदावरी नगरपालिकाका मेयर जगेन्द्र महर्जनले आउँदो बर्ष बजेट बढाएर कृषि क्षेत्रको समस्या समाधान गर्ने आश्वासन दिए । उनले स्थानीय किसानलाई प्राथमिकता दिएको जानकारी दिँदै केन्द्र र प्रदेशको योजनाले ठूला अनुदान दिइरहेको तर नगरपालिकाले स्थानीय किसानलाई नै सहयोग गरेको बताए  ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.