• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोनाको त्रासले नेपाली सेयर बजार कस्तो असर पर्ला ?

  •   मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोरोना त्रास नेपालमा पनि व्यापक हुँदै गएपछि सेयर बजार लकडाउन हुनु अगावै बन्द भयो । लकडाउनकै बिच १९ वैशाखमा खुलेको बजार २ दिन पछि पुनः बन्द गरियो । सेयर बजारका लागनीकर्ताहरु नै खुलाउने र बन्द गर्ने दुई पक्षमा विभाजित हुँदा २ दिन खुलेको बजार पनि बन्द भयो ।

    लकडाउन पूर्ण रुपमा नखुल्दै बजार खुला हुँदा ठूलो मात्रामा गिरावट आउने भन्दै तत्काल खुलाउन नहुने पक्षमा एक पक्षिय लगानीकर्ता थिए भने अर्को पक्षका लगानीकर्ताहरु सर्वसाधारणको पुँजीलाई बन्धक बनाएर राख्न नहुने भन्दै बजार खुलाउन माग गर्दै आएका थिए ।

    यद्यपि, गत साता सेयर बजार बजार खुलाउने पक्षमा सबै लगानीकर्ताहरु सहमत भए । बजार खुलाउने कि नखुलाउने भन्ने विषयमा नेपाल धितोपत्र बोर्डको कार्यालयमा भएको छलफल पछि लगानीकर्ताका संघ/संगठनहरु खुलाउने पक्षमा सहमत भएका हुन् ।

    सहमति पछि सोमबारदेखि बजार खुला भएको छ । बजार खुलेको पहिलो दिन सोमबार सेयर बजार १२ अंक भन्दा धेरैले घट्यो । यद्यपि, सोमबार भने बजारमा ‘पोजिटिभ सर्किट ब्रेक’ नै लागेको छ ।

    बजार खुलेको ४८ मिनेटमा ४ प्रतिशतले बढेर सर्किट लागेपछि २० मिनेट बन्द भएको बजार दोस्रो पटक पनि सर्किट लागेको छ । कारोबार खुलेको दोस्रो घण्टामा ५ प्रतिशतले बढेपछि बजार ४० मिनेट स्थगित भएको छ ।

    लकडाउन पूर्ण रुपमा नखुल्दै खुला गर्न लागिएको सेयर बजारले अब कस्तो दिशा लिन्छ होला ? यस विषयमा हामीले केहि विज्ञ र लगानीकर्ताहरुसँग कुराकानी गरेका थियौँ । विज्ञ र लगानीकर्ताको धारणा लगभग उस्तै छ ।

    सेयर बजारका विज्ञ डा. गोपाल भट्ट बजार खुलाउनु स्वागत योग्य भएको बताउछन् । बजार शुरुका केहि दिन घट्नसक्ने उनको अनुमान छ । यद्यपि, केहि दिन पछि बजार उकालो लाग्ने डा. भट्ट बताउछन् ।

    सेयर बजारका अर्का विज्ञ तथा पूर्ब बैंकर अनलराज भट्टराई भने पर्याप्त तयारी नपुगी बजार खुलाउनु ठिक नभएको बताउछन् । केहि नीतिगत सुधार नगरी बजार खोल्दा त्यसले नकरात्मक असर गर्छ कि भन्ने शंका गर्ने ठाउँ रहेको उनले बताए ।

    विज्ञ डा. भट्ट जस्तै लगानीकर्ताका नेताहरुले पनि बजार खुल्नुलाई सकारात्मक भएको बताउछन् । उनीहरु पनि बजार केहि दिन घट्छ भन्ने अनुमान गर्छन । उनीहरुको दावी पनि केहि दिन घटेपनि त्यसपछि भने बजार सुधार हुन्छ भन्ने छ ।

    ‘शुरुमा बजार ओरालो लाग्छ, तर खोल्नै पर्छ’
    डा. गोपाल भट्ट, सेयर बजारका विज्ञ

    हामीले त बजार खुलाउनु पर्छ भन्ने कुरा नै राख्दै आएको हो । लामो समय बन्द भइसकेको छ, अझै लामो समय बन्द गर्नु हुँदैन । बजार खुलाउनु नै पर्ने थियो । यतिबेलो बजार खुलाउदा केहि दिन बजार घट्छ ।

    यतिबेला ममान्छेहरु आत्तिएका छन् । धेरैलाई पुँजीको समस्या होला । आफ्नो सेयर बिक्री गर्न हतारिएका छन् ।

    यसकारण पनि बजार खुलेसागै ओरालो लाग्ने क्रम त हुन्छ नै । तर सधैभरी ओरालो लाग्नेमात्रै त होइन । केहि समय ओरालो लाग्ने र त्यसले सहि रुप लिएर ठाउँमा आइसकेपछि बजार सहि बाटोमा आउछ ।

    अहिले लकडाउन पनि खुलिसकेको छ भन्दा हुन्छ । केहि प्राविधिक समस्याहरु हुनसक्छन् । ति समस्याहरु समाधान गर्नु परो । चुनौती आयो भने त्यसको सामाना गर्नुपर्छ । चुनौतीसँगै अवसर पनि हुन्छ ।

    यत्रो दिन बन्द हुँदा लगानीकर्ताहरुलाई पुँजीको अभाव भयो होला । यस कारण पनि अझै लामो समय बन्द राखिराखनु त हुँदैन ।

    केहि समय तल जानु स्वभाविक नै हुन्छ । यस्तो बेलामा खोलेपछि घट्यो भनेर आत्तिने कुरा पनि भएन । बजार घट्छ भनेर बन्द गरिराख्ने कुरा पनि भएन । बजार खुलाउनु ठिकै हो ।

    ‘नीतिगत सुधार नगरी बजार खोल्नु गलत’
    अनलराज भट्टराई, पूर्व बैंकर

    अन्योलका बिचमा बजार खुलन लागेको छ । कोरोनाको असर कहिलेसम्म पर्छ भनने ठेगान छैन । हाम्रो सेयर बजारमा वित्तीइ क्षेत्रको अधिकांश हिस्सा छ । अब यो वित्तीय क्षेत्रलाई कस्तो असर पर्छ भन्ने कुरा थाहाँ छैन । वित्तीय क्षेत्रको उपस्थिति धेरै भएको क्षेत्रमा अव वित्तीय क्षेत्रमा कस्तो असर पर्छ भनने विश्लेषण त हुनुपर्छ ।

    नीतिगत सुधारहरु नगरी खोल्दा बजार किन बन्द गरेको भन्ने प्रश्न खडा हुन्छ । बजारप्रति सकारात्मक धारणा सिर्जना हुने गरी नीतिगत सुधारहरु नगरी खोल्नु हुँदैन थियो ।

    यो–यो विषयमा हामी कमजोर छौं, योयो हाम्रो अप्ेठेरा हुन् अनि योयो हामीले सुधार गरेका छौं भनेर मात्रै बजार खुलाउनु पर्छ । अर्थतन्त्रमा केकति असर पर्छ भन्ने एकिन तथ्यांक कतैबाट आएको छैन ।

    बजेटले पनि जेजति समेट्नु पर्थो त्यो समेटेको छैन । मौद्रिक नीति पनि आउन बाँकी नै छ । बन्द भयो, यति लामो समय बन्द भइसकेपछि केहि सोचेरमा मात्रै खुलाउनु उत्तम हुन्छ ।

    किन बन्द भयो ? बन्द गर्दाखेरि केके सुधार गर्यौ त ? यति लामो समय बन्द हुँदा केके सुधारका काम गर्यौ भन्ने कुरा केहि छैन । अझै बजार घटेर तल झर्दा धेरै असर गर्छ । हामी खुला गरिदिन्छौं । बजार जता जान्छ जाओस् भन्नु गलत हो ।

    बजार तल गयो भने लगानीकर्ताहरु फेरी कराउन थाल्छन् । यो कुरा बुझ्नु पर्यो ।

    बजार तल जादा नयाँ लगानीकर्ताहरुका लागि एउटा अवसर सिर्जना हुन्छ । लगानीका लागि तयो उत्तम अवसर हो । तर अहिले लगानी गरिरहेकाहरुको त सम्पत्ति डुब्छ । यसकारण बजार धेरै तल जानु राम्रो हुँदैन ।

    लगानीकर्ताहरुको धारणा यस्तो छ

    सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका नेताहरु पनि बजार खुलाउने पक्षमै थिए । बजार लामो समयसम्म बन्द हुँदा पुँजी परिचालन हुन नपाएको भन्दै उनीहरुले बजार खुलाउनु पर्ने बताएका हुन् । बजार खुलाउदा यस्तो बेलामा ओरालो लाग्ने भने उनीहरुले स्वीकार गर्छन ।

    नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार यस्तो बेलामा बजार खुल्ला केहि घट्छ कि भन्ने आंशका रहेको उनले बताए । यद्यपि, बजार घटबढ हुनु सामान्य भएको भन्दै उनले यसलाई सामान्य रुपमा लिनु पर्ने उनले बताए ।

    कतिपय सुधारका कामहरु गरेर बजार खुलाउनु पर्ने उनले बताए । लगानीकर्ताहरुले केहि मागहरु अघि सारेको भन्दै उनले ति मागहरु पुरा गरे बजारलाई सकारात्मक प्रभाव पर्ने उनले बताए ।

    ‘सधैभरी बजार बन्द राख्नु पनि हुँदैन, शुरुमा हामीले लकडाउन यतिधेरै लम्बिएला भन्ने सोचेका थिएनौं’ उनले भने, ‘बिचमा बजार खोल्दाको अवस्था पनि हामीले हेर्यौ, अनलाइन प्रणालीलाई व्यवस्थित बनाएर बजार खुलाउनै पर्छ ।’

    नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बजार खुलाउनुको विकल्प नरहेको बताउछिन् । यद्यपि, बजार तत्कालै घट्ने उनले स्वीकार गरिन् । तर केहि समय पछि भने बजार उकालो लाग्ने आफूलाई विश्वास रहेको उनले बताइन् ।

    पछिल्लो समय प्रविधिको प्रयोग पनि बढेको र अब अनलाइन प्रणालीलाई फोकस गर्दै बजार खुलाउनु पर्ने अध्यक्ष पोखरेलले बताइन् ।

    ‘अब अनलाइनलाई नै प्राथमिकतामा दिएर कारोबार खुलाउनु पर्छ’ उनले भनिन्, ‘युजरनेम र पासवर्ड प्राप्त गर्न गाह्रो छैन, यसकारण पनि बजार खुलाउनु राम्रै हुनेछ ।’

    मोवाइल बैंकिङबाट प्रतिदिन १० लाख रुपैयाँ ट्रान्सफर गर्न सकिने व्यवस्थालाई संशोधन गर्दै नेपाल राष्ट्र बैंकले जतिपनि ट्रान्सफर गर्न सकिने बनाएको छ । यसले पनि थप सहज हुने उनले बताइन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.