काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएकोमा सोमबार २०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ ।








