• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मतदाता नामावली संकलन दोस्रो चरणमा, सहभागी हुन आयोग आग्रह

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली संकलन कार्य भइरहेको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर दोस्रो चरणको मतदाना नामावली संकलन कार्य चलिरहेकाले १६ वर्ष उमेर पुगेका र उमेर पुगेर छुटेकाहरूलाई  निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयमा गएर नाम लेखाउन आग्रह गरेको हो ।

    आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्ति :

    हाल देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको मतदाता नामावली सङ्कलन कार्य भइरहेको छ । यसका साथै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम मार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहहरूमा १० दिन र अन्य जिल्लाका स्थानीय तहहरूमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भइ दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।

    यसरी स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली संकलन विशेष कार्यक्रम संचालन भइ रहँदा विभिन्न संचार माध्यमहरुमा मतदाता नामावलीमा दर्ता हुन कठिन भएको, अव्यवस्थित भएको, समावेशीतालाई ध्यान नपुर्याएको जस्ता विषयहरु आएकोले यसमा आयोगको ध्यानाकर्षण भएको छ । स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा आफ्नै स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने र आफ्नो स्थानीय तहमा कार्यक्रम समाप्त भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यहोरा सम्बन्धित सबैमा आयोग हार्दिक अनुरोध गर्दछ । 

    स्थानीय तहमा विशेष कार्यक्रम सञ्चालन गर्दा “ मतदाता नामावलीमा नाम छुट भएका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती एवम् सुत्केरी महिलाहरूलाई प्राथमिकता दिने, दर्तास्थलमा खानेपानी, शौचालय तथा सम्भव भएसम्म स्तनपानको कक्ष साथै दर्तास्थल लैङ्गिक तथा अपाङ्गगतामैत्री हुने व्यवस्था मिलाउने एवं गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाहरुलाई विश्राम कक्ष र दर्ता स्थलसम्म सहज पहुँचका लागि विशेष व्यवस्था तथा मतदाता नामावली दर्ता स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने समेत व्यवस्था मिलाउने लगायतका विषयमा सबै स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आयोगबाट अनुरोध समेत भएको छ । 

    उक्त विषयहरूमा सम्पूर्ण सरोकारवालाहरूबाट आवश्यक सहयोगको अपेक्षा आयोगले गरेको छ । सम्बन्धित स्थानीय तहमा मतदाता नामावली सङ्कलनको कार्य समाप्त भएपछि पनि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिहरूलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन आवश्यक सहयोग र सहजीकरण गरिदिन सबै राजनीतिक दल, नागरिक समाज, स्थानीय तह तथा समन्धित सबैमा आयोग हार्दिक अपिल गर्दछ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.