इच्छाकामना । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउपालिकाले टोल कक्षा संचालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको बैठक बसी असार २१ गतेदेखि विद्यार्थीहरुका लागि टोलटोलमा गई कक्षा संचालन गर्ने निर्णय गरिएको हो । आवस्यक सुरक्षा सतर्कता अपनाई सामाजिक दुरी कायम गरि कक्षा संचालन गर्न लागिएको गाउँपालिका शिक्षा समितिका संयोजक समेत रहनुभएका गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । कोभिड १९ का कारण २०७६ चैत ११ गते देखि विद्यालय पठनपाठन पूर्णरुपमा प्रभावित भएको हुदाँ शिक्षा विज्ञानतथा प्रविधि मन्त्रालयको वैकल्पिक सिकाई सहजीकरण निर्देशिका२०७७ बमोजिम टोलटोलमा सिकाई सहजीकरण कार्य गर्न सम्पूर्ण विद्यालयहरुलाई निर्देशन दिइएको अध्यक्ष गुरुङले बताउनुभयो । शिक्षकहरुलाई १९ गतेभित्र आफु कार्यरत विद्यालयमा हाजिर हुन निर्देशन दिइएको पनि उहाँले बताउनुभयो । उहाँका अनु्सार तत्काल गाउँपालिका भित्र रहेका शिक्षकहरुबाट पठनपाठन सुरु गरिने छ भने बाहिरी जिल्लाबाट आएका शिक्षकहरुलाई १४ दिन क्वारेन्टिनमा राखिसकेपछि मात्र सहभागि गराइने छ । अध्यक्ष गुरुङका अनुसार हाल गाउँपालिकामा ५१ सामुदायिक र ४ संस्थागत विद्यालय छन् । सार्वजनिक र निजि दुबैमा टोल शिक्षा लागु हुने छ ।








