काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महिला खुलातर्फ केन्द्रीय सदस्यमा ९ जना निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार ३० जनाको उमेदवारी परेको महिला खुलातर्फ केन्द्रीय सदस्यमा डा. डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवासहित ९ जना निर्वाचित भएका हुन् ।
संग्रौलाले सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएकी छन् । उनले २८८५ मत पाइन् । दोस्रो नम्बरमा पुष्पा भुसाल छिन् । उनी २७१८ मत ल्याएर विजयी भइन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पत्नी डा. राणाले २५३६ मत ल्याएर विजयी भइन् ।
त्यसैगरी अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा काेइराला पाैडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।









