चितवन । भरतपुरमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर अस्पतालमा रहेका माडी ३ र ५ का २५ र ७३ वर्षका दुई पुरुष, भरतपुर ७ र २० का २६ र ५० वर्षका २ पुरुष, भरतपुर–११ की ४५ वर्षीया महिला र दमककी एक महिला छन् । त्यसैगरी, भरतपुर ४, ९, २२, २५ र २६ का ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, गैडाकोट नगरपालिकाका २ महिला र ८ पुरुषगरी १० जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । त्यस्तै सेन्ट्रल अस्पतालमा उपचाररत गोरखा मनकामना बस्ने ३० वर्षीया महिला र नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुर(७ का ६१ वर्षीय पुरुष र १२ वर्षीया वालिकामा पनि संक्रमण पुष्टि भएको छ । असार १६ गते १ सय १ नमूना परीक्षण गरिएकोमा बाँकी ७६ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।








