काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बालुवाटारमा तमासा देखाएर सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा नेकपालाई जनताको कुरा सुन्ने र काम गर्ने सरकार दिन माग गरेका छन् । बुधबार बालुवाटारमा भएको नेकपाका दुई अध्यक्षसहित शिर्षनेताबीचको चर्काचर्कीलाई संकेत गर्दै उनले लेखेका छन्, ुबालुवाटारमा तमासा छ १ सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन्। तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले १ बरु यिनको त गति र प्रभाव बढ्दो छ। त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ स् अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।








