चितवन । चितवनमा आज एक चितुवा मृत अवस्थामा फेला परेको छ। भरतपुर महानगरपालिका २९ ठिमुरास्थित सतन्चुलि सामुदायीक वनमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय चितवनका अधिकृत पदमराज नेपालले जानकारी दिए ।
उनका अनुसार मृत चितुवालाई पोष्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालय सौराहा पठाइएको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी एक दिन समय लाग्ने उनले जानकारी दिए ।
घटनाबारे अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।








