• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बुद्धमय हुँदै सिद्धार्थनगर, सात करोडको लागतमा प्रवेशद्वार

  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा ।  रुपन्देहीको सिद्धार्थनगर बुद्धमय बन्दै गएको छ । सिद्धार्थनगर नगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गर्दै नगरलाई बुद्धभूमिमा प्रवेश गरेको अनुभुति दिलाउन खोजेको हो । स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक आउने नाका बेलहियादेखि नगरका मुख्य राजमार्गको डिभाइडरमा नगरपालिकाले बुद्धमूर्ति प्रतिस्थापन गरेको छ ।

    त्यस्तै नगरका भवनको बाहिरी स्वरुपमा बुद्ध कलर,  बन्न लागेको प्रशासकीय भवन र सीमाको प्रवेशद्वारमा पनि बुद्धत्व झल्किने गरी डिजाइन गरिएको छ ।

    नगरपालिकाले नगरमा पर्यटकीय केन्द्र स्थापनाका लागि अहिले करोडौँको योजना थपेको छ । जस्मध्ये ७ करोडको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको पर्यटकीय गेट अबको केही दिनमा उद्घाटन हुँदै छ ।

    सीमानाका बेलहियादेखि करिब एक किलोमिटर भित्र रहेको डण्डा पुल नजिकै बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको बुद्धत्व झल्कने पर्यटकीय गेट प्रवेशद्वार निर्माण भएको छ ।

    नगरपालिकाले बुद्धभूमिमा प्रवेश गरेका हो भन्ने अनुभूति दिनका लागि प्रवेशद्वारसँगै बोटिङ्ग र वनभोज स्थलसहितको दरखस्वा पार्क पनि निर्माणको अन्तिम चरणमा छ ।

    प्रवेशद्वार दुई चरणमा गरी ६ करोड ९७ लाख ८४ हजार ७२७ रुपैयाको लागतमा निर्माण भएको छ । पहिलो चरणमा प्रवेशद्वारको मुख्य संरचना दुई करोड ४८ लाख ९१ हजार ६३४ रुपैयाको लागतमा र दोस्रो चरणमा आर्किटेक्चरका कामहरू चार करोड ४८ लाख ९३ हजार ९३ रुपैयामा गर्ने गरी सम्झौता भएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ ईन्जिनियर जीवन अर्यालले बताए ।

    ५ असार २०७५ मा सम्झौता भई निर्माण सुरु भएको प्रवेशद्वारको दोस्रो चरणको काम यही २५ पुसमा सम्पन्न गर्ने गरी एक पटक म्याद थप भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको र अबको केही दिनमै प्रवेशद्वारको उद्घाटन हुने वरिष्ठ इन्जिनियर अर्यालले बताए ।

    नेपालको चिनारीसहितको प्रवेशद्वारमा स्वयम्भूका आँखासहितको हर्मिका गजुर, स्तुपा आकार दर्शाउनका लागि डोम, बुद्धमा १३ वटाको महत्व रहेकोले त्रयोदस भुवन दर्शाउनका लागि १३ वटा रिङ, त्यस्तै १२ वटा बुद्धका मूर्तिहरू प्रवेशद्वारको द्ुवै तर्फ रहेको प्रवेशद्वारका डिजाइनर तथा आर्किटेक सहरी योजनाकार सचिन  महर्जनले जानकारी दिए ।

    बौद्ध विज्ञहरूको सल्लाहमा चारै दिशामा बुद्धको मूर्ति हुने गरी बीचमा अशोक स्तम्भ, आर्च, स्पायर गजुर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा, बुद्ध झण्डाले प्रवेशद्वार सिंगारिएको छ ।

    मुख्य शान्ति प्रवेशद्वार ५० मिटर लम्बाइ, २४ मिटर चौडाइ तथा सडकदेखि ३० मिटर उचाइको छ । बुटवल भैरहवा सडकको चार लेन र सर्भिस लेनलाई विना अवरोध हुने गरी बनाइएको प्रवशेद्वारमा भित्री भागबाट चार लेन सडकको सवारीसाधान आवगमन हुनेछ भने सर्भिस रोडलाई गेटको दुवैतर्फबाट आवगमन हुने गरी निर्माण भएको छ ।

    प्रवेशद्वारमा बौद्ध ध्वनि गुन्ज्याएमान हुने भनिए पनि त्यसलाई अहिले हटाइएको छ  । प्रवेशद्वारलाई रातिमा आकर्षक बनाउनका लागि आर्कमा वार्म लाइटको प्रयोग भएको छ । शान्ति र शुन्यता जनाउनका लागि गेटमा झ्यालजस्तोे वारपार प्वाल बनाइएको छ ।

    सिद्धार्थनगरलाई पर्यटकीय हबका रुपमा विकसित गर्ने गरी भौतिक संरचना निर्माण गरिएको छ ।  प्रवेशद्वार नेपालकै नमूना तथा अन्तर्राष्ट्रियस्तरमा नयाँ आयाम दिइ विश्वभरि लुम्बिनीको प्रचारप्रसारसँगै लुम्बिनीकाबारे भ्रामक प्रचार हट्ने नगरपालिकाको विश्वास छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.