• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी

  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय रहेका उनी संगठन विस्तार तथा कार्यकर्तासँग छलफलमा नै अधिकांश समय खर्चिन्थे । विभिन्न संघसंस्थाहरूमा नेतृत्व गर्दै आएका अनिल आम्दानीभन्दा पनि खर्च हुने कार्यमा नै लाग्दै आएका थिए । तर, अहिले उनको दैनिकी फेरिएको छ । बिहानीको उजेलीसँगै बंगुरहरूको हेरचाहमा पुग्छन् । साँझ अबेरसम्म उनले सञ्चालन गरेको बंगुर फर्ममा नै व्यस्त छन् । डेढ वर्षअघिदेखी उनी यही बंगुर फर्ममा भेटिन्छन् ।

    विगतको जस्तो बजारमा साथीभाइसँग गफ गर्न उनलाई अहिले फुर्सद नै मिल्दैन । चाङलुङ बंगुर फर्म दर्ता गरी अनिल र उनका भाइ सुनिलले सामूहिक रुपमा बंगुरपालन गर्दै आएका छन् । सुनिल ५ वर्ष वैदेशिक रोजगारमा थिए । विदेशी भूमिमा गरेको श्रम र मिहेनत आफ्नै ठाउँमा गर्न सके रोजगारका लागि विदेश नै जानुपर्छ भन्ने लाग्दैन सुनिललाई । दाजुभाइ र आँखेवा परिवार यतिबेला फर्म बंगुरको हेरचाहमा नै रमाइरहेका छन् । बंगुरलाई कसरी व्यवस्थापन गर्ने भन्ने हतारो हुन्छ यी दाजुभाइलाई ।

    चारो, खोरदेखि जन्मिँदै गरेको पाठापाठी स्याहारमा नै समय खर्चिरहेका हुन्छन् । पाँच लाख लगानीमा सुरु गरेको फर्मले राम्रै आम्दानी लिन थालेका छन् । अनिल भन्छन्, ‘राजनीति भनेको सेवा हो व्यावसाय भनेको आम्दानीको स्रोत हो । राजनीतिले परिवार धान्ने कुरै भएन परिवार धान्नका लागी कुनै न कुनै व्यावसाय गर्नुपर्छ भन्ने उद्देश्यले बंगुरपालनलाई रोजेका हौँ । खासगरी हामीले मासुभन्दा पनि पाठापाठी उत्पादनलाई जोड दिँदै आएका छाँै । सुरुवाती चरणमा छौ हामी, तर पनि आम्दानी राम्रै छ । अझ फर्मलाई व्यवस्थित बनाउँदै जाने हाम्रो सोच छ ।’

    घर नजिकै सञ्चालन गरेको फर्ममा दाजुभाइसँगै परिवारका सदस्यहरू रोजगार बनेका छन् । फर्ममा उत्पादन भएका बंगुरका पाठापाठी स्थानीय बजारका साथै धनकुटाको हिलेसम्म बिक्री हुँदै आएका छन् ।

    बजारको माग धेरै भए पनि मागअनुसार उत्पादन गर्न नसकेको अनिलले बताए । उनी भन्छन्, ‘बजारको लागि समस्या छैन । मागअनुसार उत्पादन गर्न नसक्दा आम्दानी लिन नसकेको छैन । ग्राहकहरूको मागअनुसार विभिन्न जातका बंगुर भित्र्याउँदै जाने सोचमा छौँ । उन्नत जातको पाठापाठी उत्पादन गरी ग्राहकसम्म पु¥याउने लक्ष्य लिएका छौँ ।’

    व्यावसायिक रुपमा बंगुरपालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग अझैसम्म नपाएको अनिलको गुनासो छ । अनिल भन्छन्, ‘युवाहरूलाई व्यावसायिक बनाउने भनेर स्थानीय सरकारले कार्यक्रम ल्याए पनि हाम्रो फर्मलाई अनुदान भन्ने दिएको छैन ।’

    पाँच रोपनी क्षेत्रफलमा रहेको जग्गा भाडामा लिएर फर्म सञ्चालन गर्दै आएका हुन । पाठापाठीसँगै मासु र बिउका लागि फर्ममा बंगुर पाल्दै आएका छन् । यहाँ उत्पादन भएका पाठापाठी तीन हजारदेखि पाँच हजारसम्म बिक्री हुँदै आएका छन् ।

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.