काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भैरहेको छ ।








