काठमाडौं । बिहीवार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ७ सय रुपैयाले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपियाँले घटेको छ । आज चाँदी प्रतितोला ९ सय ५० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।








