• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

तरलता संकट झन् गहिरिँदै, पुस लागेपछि अझै घट्न थाल्यो निक्षेप

  •   बुधबार, पुष १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । चालु आर्थिक वर्ष (२०७८/०७९) लागेसँगै बैंक तथा वित्तीय संस्थामा देखिन थालेको तरलता (लगानीयोग्य पुँजी) अभावको संकट गहिरिँदै गएको छ । आर्थिक वर्षको पाँच महिना वितिसक्दा पनि तरलताको समस्या समाधान हुने छाटकाट छैन । बैंकमा अझ तरलताको संकट बढ्दै गएको छ । बैंकहरुले ससानो र अत्यावश्यक काम बाहेकका क्षेत्रमा कर्जा लगानी नै रोक्नुपर्ने अवस्थामा वित्तीय क्षेत्र पुगिसकेको छ ।

    समस्याको सुरुवात : सिसिडीबाट सिडी रेसियो 

    चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी रेसियो) बाट कर्जा-निक्षेप (सिडी रेसियो) कायम गर्नुपर्ने व्यवस्था गर्‍यो । बैंकले सिसिडी रेसियो ८५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयन हुँदै आएकोमा मौद्रिक नीतिको घोषणा अनुसार बैंकले सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने प्रावधान लागू गर्‍यो ।

    सिसिडीबाट सिडी रेसियो कायम गर्नुपर्ने गरी नीतिगत परिवर्तत भएपछि बैंकले पुँजीबाट कर्जा दिन नपाउने भए । कर्जा विस्तार गर्नकै लागि बैंकले निक्षेप नै संकलन गर्नुपर्ने भएपछि बैंकहरुको कर्जा दिने क्षमता कमजोर भयो । लामो समय कोभिडको महामारीपछि विस्तार हुन लागेको आर्थिक क्षेत्रमा कर्जाको माग वृद्धि भएपछि बैंकहरुले निक्षेप नबढेको अवस्थामा पनि आक्रमक कर्जा लगानी गरे । जसको कारण बैंकहरुमा तरलता अभाव बढ्दै गएको देखिन्छ ।

    तर, यो विश्लेषणलाई राष्ट्र बैंकका अधिकारीहरु भने स्वीकार गर्न तयार छैनन् । सिसिडीबाट सिडी रेसियो कायम गर्नुपर्ने ‘पोलेसी सिफ्ट’ अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै भएको भन्दै त्यसबाट बजारमा तरलता अभाव नभएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दाबी गर्दै आएका छन् ।

    ‘सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो कायम गरेका कारण तरलता अभाव भएको होइन’ गभर्नर अधिकारीले भने, ‘निक्षेप संकलन र कर्जा लगानीको असन्तुलनका कारण अहिलेको समस्या सिर्जना भएको हो ।’

    निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलन 

    राष्ट्र बैंकका अनुसार आव २०७५/०७६ सम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको वृद्धि कर्जाको भन्दा बढि रहेको थियो । तर २०७७ चैतयता भने कर्जाको वृद्धिदरले निक्षेपको वृद्धिदरलाई उछिनेको छ ।

    राष्ट्र बैंककै तथ्यांक हेर्ने हो भने चालु आवको पुस पहिलो सातासम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्व १६ अर्ब निक्षेप संकलन गर्दा ४ खर्ब ३८ अर्ब कर्जा लगानी विस्तार गरेका छन् । बैंकले वार्षिक निक्षेप तथा कर्जाको वृद्धिको लक्ष्य बनाएर राष्ट्र बैंकमा पेश गर्छन । तर कोभिड महामारीका कारण लामो समय कर्जा विस्तार गर्न नसकेका बैंक कोभिड महामारी कम भएसँग कर्जा विस्तारमा केन्द्रित हुँदा तरलता अभाव भएको छ ।
    निक्षेप संकलन कमी भए पनि बैंकले पछिल्लो समयमा राष्ट्र बैंकबाट पैसा लिएर भएपनि कर्जा विस्तार गरेका छन् ।

    राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा मात्रै स्थायी तरलता सुविधा अन्तर्गत २५ खर्ब, ओभरनाईट रिपोमार्फत ६९ अर्ब, रिपोमार्फत २ खर्ब २० अर्ब र सोझै खरिद मार्फत २७ अर्ब रुपैयाँ तरलता प्रवाह गरिसकेको छ । बैंकमा अनिवार्य नगद मौजाद तथा तरलता व्यवस्थापनका लागि प्रदान गरेको रकमबाट समेत बैंकले कर्जा लगानी गरेको राष्ट्र बैंकको आशंका छ ।

    बैंकको आक्रमक कर्जा लगानीलाई गभर्नर अधिकारीले भने बैंकले घाटी नहेरी हाड निलेको भन्दै सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् ।

    अत्यधिक कर्जा आयात र ऋण तिर्नका लागि 

    राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण लगानी ४५ खर्बभन्दा बढी भएको छ । चालु आवको पुसम्ममा मात्र ४ खर्बभन्दा बढी रकम लगानी भइसकेको छ । बैंककाे यो लगानी कहाँ गयो त ? यसबाट अर्थतन्त्र चलायमान किन चलायमान हुन सकेन ? ऋण लगानीबाट नयाँ निक्षेप किन आउन सकेन ? यी प्रश्नहरु बैंकिङ वृत्तमा उब्जिएका छन् ।

    तथ्यांकलाई केलाउदा कोभिड महामारीपछिको उच्च आयात र बढ्दो व्यापारघाटाका कारण बैंकमा नयाँ निक्षेप बढ्न सकेको छैन ।

    राष्ट्र बैंकका अधिकारीसमेत बैंकहरुको कर्जाको ठूलो हिस्सा आयातका लागि प्रयोग हुँदा ठूलो रकम बाहिरिएको र जसको प्रभाव बैंकको निक्षेपमा पर्न थालेको स्वीकार गर्छन् ।

    भन्सार विभागको तथ्यांक हेर्दा मंसिरसम्ममा १ खर्बको निर्यात हुँदा ८ खर्ब भन्दा बढिको आयात भएको छ । व्यापारघाटा चुलिँदै गएको छ भने शोधानान्तर घाटासमेत बढ्दै गएको छ । यसैगरी रेमिट्यान्सका साथै पर्यटनबाट हुने आयसमेत घट्दा देशको वैदेशिक मुद्रा संचितिमा समेत दबाब बढिरहेको छ ।

    बैंकको कर्जा लगानी वृद्धि भए पनि निक्षेप बढ्न नसक्नुको अर्को कारण बैंकको लगानी नयाँ उद्योग व्यवसायमा भन्दा पनि पुरानै उद्योग व्यवसायीको ऋण तिर्नका लागि प्रयोग भएको केन्द्रीय बैंकका अधिकारीको आशंका छ । बैंकहरुले ओभरड्राफ्ट र चालु पुँजीमा आधारित थप कर्जा दिएर पुराना खराब कर्जा हुनबाट जोगाएको आशंका छ ।

    यहि आशंका कारण राष्ट्र बैंकले सोमबार मात्र प्रस्ताव गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गनिर्देशनमा चालु पुँजी कर्जा लिएर ऋण तिर्न नपाउने व्यवस्था राख्न प्रस्ताव गरेको छ ।
    के गर्दैछ राष्ट्र बैंक ?

    तरलताको अभावको संकट गहिरिँदै गएपछि यसबाट बाहिर निस्कन राष्ट्र बैंकले केहि मौद्रिक उपकरण परिचालन गरिरहेको छ । मौद्रिक उपकरणबाट बैंकमा पैसा पठाएर अल्पकालिन तरलता व्यवस्थापन गर्दै आएको राष्ट्र बैंक सरकारको पुँजीगत खर्च बढ्ने आशमा बसेको देखिन्छ ।

    हालसम्म सरकारको पुँजीगत खर्च ६ प्रतिशतको हाराहारीमा मात्र छ । पुसपछि विकास निर्माणका कामले गति लिने त्यसपछि सरकारको खर्च वृद्धि भएपछि विस्तारै तरलता अभाव कम हुने अपेक्षामा राष्ट्र बैंकका अधिकारी छन् ।

    हुन त अल्पकालीन समाधानका लागि यसअघि नै सरकारले स्थानीय सरकारको खातामा रहेको ८० प्रतिशत रकम बैंकले तरलतामा गन्न पाउने व्यवस्था गरिसकेको छ  ।

    राष्ट्र बैंकले सुनचाँदी, सवारीसाधनलगायतका बहुमूल्य सामानका साथै विभिन्न विलासी सामानको आयात निरुत्साहित गर्ने नीति अख्तियार गरिसकेको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.