नवलपुर । विश्व स्वास्थ्य संगठन मान्यता संगै नेपाली हिन्दु परम्परा संस्कृतिको ख्याल राखि कोरोना अन्तरगत पर्ने कार्यहरु गर्न बिश्वहिन्दु महासंघ नेपालले नेपाल सरकारलाई आग्रह गरेको छ । विहिवार बिश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्य समिति नवलपुरले जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाउदै कोरोना महामारीको समयमा विश्व स्वास्थ्य संगठन र राष्ट्रिय तथा अन्तराष्ट्रिय निणर्य संगै नेपाली धर्म संस्कृतिलाई पनि ख्याल गर्दे काम गर्न आग्रह गरेको छ । महासंघले जारी गरेको विज्ञप्तीमा कोरोनाबाट मृत्यु ग्रहण गरेका मृतकलाई आफ्नो संस्कार र चलनचल्ती अनुसार मृत्यु संस्कार गर्न दिनुपर्छ भन्ने निर्देशिकालाई केहि जिल्लाहरुले लत्याई अग्नि संस्कार गर्नुपर्नेलाई पनि जबरजस्ती गाडिनुले समाजमा संन्त्रास र आतंक सृजना गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि गाड्नु भन्दा जलाउनु उपयुक्त हो भनेकाले विश्वका विभिन्न देशहरुले पनि गाड्नु भन्दा जलाउन उपयुक्त मानेकाले जलाउन थालेको भनि भनेको छ । यस्तै विज्ञप्तीमा नेपाल सरकारद्धारा गठीत कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिले गरेको कार्यप्रति धन्यवाद ज्ञापन गरिएको छ । बिश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति नवलपुरका अध्यक्ष थान प्रसाद शर्मा भुर्तेल, उपाध्यक्ष बलराम पुरी, देवनारायण बस्ताकोटी, सचिव विनोद सिलवाल लगाएतको टोलिले जिल्ला प्रशासन कार्यलय नवलपुर मार्फत प्रधानमन्त्रीको कार्यलयमा पेश गरिए थियो ।








