• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

अंग्रेजी नयाँ वर्ष २०२२ : चार ठूला ग्रहको राशि परिवर्तन, कोरोना नियन्त्रणदेखि वैदेशिक अनुदानमा बाधा

  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुरेशचन्द्र रिजाल

    १ जनवरीमा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो । हाम्रो पञ्चांग तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खएको छ।

    पञ्चांग क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्दछ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्यहरू पनि जोडिएको छ । यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्दछ । तर, जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार भने देखिन्न ।

    सन् २०२२ ज्योतिषीय दृष्टिकोणले विश्व जगतका लागि  महत्वपूर्ण सालका रूपमा रहनेछ । यो सालमा चार ठूला र शक्तिशाली ग्रहहरूले राशि परिवर्तन गर्ने हुँदा यसको प्रभाव विश्वभर फरक–फरक रूपमा देखापर्ने छ ।

    विश्वमा हुने ठूला परिवर्तनले नेपालीको जीवनमा पनि प्रत्यक्ष रूपमा प्रभाव पारिएकाको हुन्छ । शनि, बृहस्पति, राहु तथा केतु ग्रहहरू बाहेक अन्य पाँच ग्रहहरूको राशि परिवर्तन भने हरेक ३० देखि ४५ दिनभित्र भइरहेको हुन्छ । अंग्रेजी नयाँ वर्षमा यी चार ठूला ग्रहको राशि परिवर्तनले विश्वबजारमा यसको प्रभाव सकारात्मक तथा नकारात्मक प्रभाव देखापर्नेछ । शनिबारदेखि वर्ष प्रारम्भ हुने हँुदा विशेषगरी पश्चिमी देशहरूको चासो नेपालमाथि रहिरहनेछ । बृहस्पति शनि ग्रहभन्दा अगाडि रहेकाले ठूला देशको दबाबमा कुनै पनि कार्य सफल हुन सक्दैनन् । सेयरबजारमा लगातारको व्यापारघाट १९ अप्रिलपछि लगातार उकालो लाग्नेछ । नेपालको अर्थ राजनीतिमा पनि परिवर्तनको योग रहेको छ ।

    २२ फेब्रुअरीदेखि २३ मार्चसम्म देवगुरु बृहस्पति पश्चिमा अस्त अवस्थामा रहने हुँदा विशेषगरी संकल्प गरेर गरिने ठूला धार्मिक अनुष्ठानहरू पूर्ण रूपमा बन्द रहनेछन् ।

    विश्वमा नयाँ रूपमा देखापरेको कोरोना भाइरसले विश्वका पश्चिमी देशहरूमा उच्च प्रभावमा ल्याउन खोज्नेछ । डलरको मूल्यमा वृद्धि हुनुका साथै तेल तथा खाद्यान्नको मूल्य वृद्धि हुने योग छ । पुनः १० अप्रिल २०२२ देखि  बृहस्पतिले शनिको राशि छोडेर आफ्नै राशि मीनमा गोचर गरेपछि सकारात्मक प्रभाव विश्वभर देखिनेछ । कोरोनालाई पूर्णरुपमा नियन्त्रणमा राख्न सकारात्मक पहल हुनुका साथै घट्दै आएको सेयर बजारमा अचानक वृद्धि हुने योग छ । खेलकुद मनोरञ्जनका क्षेत्रहरू विस्तारै अगाडि बढ्दै जानेछन् ।

    अहिलेको समयमा नेपालका लागि कुनै पनि वैदेशिक आर्थिक सहयोग आउने ग्रह योग बनेको छैन । ४ अप्रिलसम्म यस्तै अवस्था रहिरहने योग भएकाले यसको प्रभाव समग्र सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा समान रूपमा पर्ने देखिएको छ । ठूला तथा नाम चलेका आर्थिक कामगर्ने संघ संस्थालाई अहिलेको योगले पूर्णरूपमा प्रभाव पर्नेछ । जसका कारण बैंकिङ क्षेत्रमा समेत यसको प्रभाव पर्ने देखिएको छ । साझेदारीमा चलेको सरकारलाई पनि यसको उच्च प्रभाव रहने हुँदा विशेष सावधानी अपनाउनुपर्ने ग्रहयोगले देखाएको छ  ।

    ग्रहका न्यायाधीश शनि ग्रह पनि वर्षभरि नै स्थिर अवस्थामा रहने छैनन्, जसका कारण विभिन्न राशिलाई शनिको साढे साती दशा लाग्ने र छोड्ने क्रम चलिरहेछ । शनिग्रह स्थिर नहुँदा नेपाल लगायत पूर्वी तथा दक्षिणी देशहरूमा कानुनको कडा नियम पालना गर्नुपर्नेमा आवाज उठ्नेछ ।

    सवारी तथा वायुयान दुर्घटना केही बढ्ने योग रहेको छ । शनिबारदेखि नयाँ सालको सुरुवात हुने भएकाले विशेष सावधानी भने अपनाउनुपर्ने छ ।
    करिब १८ वर्ष सात महिनापछि १० अप्रिलदेखि पुनः राहु मेष तथा केतु ग्रह तुला राशिमा आउनेछन्  । राहु तथा केतु सधैंभरि बक्री गतिमा चल्ने ग्रह भएकाले पनि यसको फल पनि मिश्रित रूपमा पर्नेछ । राहु अग्नि कारक ग्रहको राशिमा गोचर गरेपछि विश्वव्यापी देखिएको विभिन्न भाइरस नियन्त्रणमा आउनेछन् ।

    तुला राशिमा बसेको केतु ग्रहको कारण विभिन्न बैंकिङ प्रणालीमा अन्तर्राष्ट्रिय ह्याकरको जोखिम रहनेछ । भिडियो टेक्नोलोजीले विश्वास गुमाउनुपर्ने योग रहेकाले विशेष सावधानी अपनाउनुपर्ने छ । विशेषगरि मेष, बृष, मकर तथा धनुराशि हुनेहरूको लागि राहु तथा केतुको नकारात्मक फल प्राप्ति हुने छ भने मिथुन, कर्कट, तुला तथा वृश्चिक राशि हुनेहरूका लागि भने सकारात्मक फलमा वृद्धि हुनेछ ।

    सन् २०२२ मा मीन राशि हुनेहरूका लागि शनिको साढे साती दशा प्रारम्भ हुनेछ भने कर्कट, तथा बृश्चिक राशि हुनेहरूका लागि शनिको अढैया दशा प्रारम्भ हुनेछ । धनु राशिलाई साढे साती दशा मिथुन र तुला राशि हुनेहरूका लागि भने शनिको अढैया दशा समाप्त हुनेछ । शनि मकर राशिमा हुँदा धनु, मकर तथा कुम्भ राशिहुनेहरूका लागि शनिको साढे साती दशा चलिरहने छ भने मिथुन तथा तुला राशिहुनेहरूका लागि अढैया दशा चलिरहनेछ । शनिको विधिवत् पूजा तथा आराधना गरेमा शुभफलमा वृद्धि हुनेछ ।

    (लेखक रिजाल दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.