चितवन । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० शाखाको दशौ बार्षिक साधारण सभा तथा छैठौ अधिबेशन सम्पन्न भएको छ। सौराहामा सम्पन्न अधिबेशनले समुन्द्र अर्यालको अध्यक्षतामा ९ सदस्यि नयाँ कार्यसमिती चयन गरेको छ ।
उपाध्यक्षमा दिपक चन्द्र भट्टराई, सचिबमा किशोर सुबेदी, कोषाध्यक्षमा प्रज्वल पौडेल रहेका छन् भने सदस्यमा केशव राज सेडाइ, ठकुर रेग्मी (शिशिर), लक्ष्मण कंडेल र कृष्ण प्रसाद सापकोटा चयन भएका हुन्।
रत्ननगर नगरपलिकाका मेयर नारायण बनको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा उधोग बणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उधोग बणिज्य संघ चितवनका उपाध्यक्ष सुमन श्रेष्ठ, शैक्षिक परामर्श संघ ९इक्यान०का केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे, ९इक्यान०का केन्द्रिय निबर्तमान अध्यक्ष बिष्णु हरी पाण्डे, ९इक्यान०का केन्द्रिय उपाध्यक्ष टेकराज भट्रराई लगायतको उपस्थिति रहेको थियो।








