• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

कांग्रेस चितवनको चुनावी सरगर्मी बढ्दै, सचिव पदमा झण्डै दर्जन आकांक्षी

  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि नेपाली कांगेस चितवनको जिल्ला अधिवेशनको पनि चुनावी सरगर्मी बढ्दैछ । पटकपटक सर्दे आएको चितवन जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन अगाडि नै सम्पन्न गर्ने लक्ष्य थियो तर सजिलै नेतृत्व छान्न नसकिने अवस्था भएपछि निर्वाचन अधिकृतले राजीनामा दिए । केन्द्रले अधिवेशन केन्द्रको सकिएपछि पुस २७ गते गर्ने निर्णय ग¥यो । तर, केन्द्रमा भएको महाधिवेशनको प्रत्यक्ष असर चितवनको जिल्ला अधिवेशनमा पनि देखिने भएको छ ।

    अझै पनि केन्द्रले निर्वाचन अधिकृत तोकेको छैन । निर्वाचन अधिकृत तोकिएपछि मात्र जिल्लाको निर्वाचन कार्यतालिका सार्वजनिक हुने कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । उनले भने, ‘२६ गते मनोनयन दर्ता गरेर २७ गते निर्वाचन गर्ने वा २७ गते दर्ता गरेर २८ गते गर्ने भन्ने तय भएको छैन । निर्वाचन अधिकृत तोकिएपछि छलफल गरेर निर्वाचन तालिकाको निर्धारण गर्दछौं ।’ उनले अब भने अधिवेशन नसर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले सकभर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्नको लागि एक पक्ष र बहुपक्षीय छलफलहरु चलिरहेको जानकारी दिए । जिल्ला नेतृत्व हत्याउन उम्मेदरवारका आकांक्षीहरुले घोषणापत्रसहित सामाजिक सञ्जालमा प्रचार प्रसारको काम तीव्र बनाएसँगै चुनावी सरगर्मी बढेको छ । तर, अझै पनि कांग्रेस चितवनमा अध्यक्ष र सचिवमा आकांक्षीहरुको संख्या धेरै भएकोले त्यति सहजरुपमा एकैपटकमा नेतृत्व छानिने सम्भावना निकै कम देखिन्छ ।

    कांग्रेसको जिल्ला अधिवेशनलाई निकै नजिकबाट निहाल्दै आएका एक जना कांग्रेस निकट प्राध्यापकले केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि चितवन जिल्ला अधिवेशन पनि रोमाञ्चक मोडमा पुगेको बताए । अधिवेशनहरु भन्दा बढी उम्मेदरवारहरुको बीचमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ भने संस्थापन र संस्थापन इतरका प्यानलका अध्यक्ष तथा सचिवका आकांक्षी धेरै जना भएकोले एकै चरणमा नेतृत्व छानिने सम्भावना धेरै कम रहेको ती प्राध्यापकले बताए । उम्मेदवारी घोषणाको आधारमा हेर्दा कांग्रेस चितवनको सभापतिमा उत्तम जोशी, राजेश्वर खनाल, डा. सूर्यकान्त घिमिरे, कैलाश कोइराला, मिलनबाबु श्रेष्ठ र विजय भुसालले उम्मेदवारी दिने बताउँदै आएका छन् ।

    त्यसैगरी सचिवमा भरतप्रसाद दवाडी, सूर्य अर्याल, सूर्य ढकाल, नविन पौडेल, ध्रुव पोखरेल, आनन्द राउत, निर्मलराज पौडेल, शिव पौडेल, दिपक अधिकारीले उम्मेदवारीको घोषणा गरिसकेका छन् । उम्मेदवारहरुको व्यक्तित्वलाई हेर्दा निकै अग्रज राजनीतिक व्यक्तित्वदेखि भर्खरका युवाहरु पनि आकांक्षी छन् । कांग्रेसका सचिवका आकांक्षीहरुलाई कुन सभापतिका उम्मेदवारले आफ्नो प्यानलमा राख्छन् भन्ने अझै स्पष्ट चित्र आइसकेको छैन ।

    केन्द्रको महाधिवेशनमा जस्तै पहिलो चरणबाट सभापति छानिन नसकेपछि दोस्रो चरणमा सभापति चयन जान सक्ने धेरैको अनुमान छ । दोस्रो चरणमा हारेकाले जसलाई सहयोग गर्छन् त्यसले उसले नै सभापतिमा विजय हासिल गर्ने कांग्रेसका विश्लेषकहरुको दाबी छ । चितवनमा पुरानो क्रियाशिल सदस्य १७ हजार १५० जना रहेका थिए । नयाँ थपिएसँगै चितवनमा कांग्रेस क्रियाशिल सदस्यको संख्या २७ हजार ८५० पुगेको छ । चितवन क्षेत्र नम्बर १ मा आठ हजार ७००, क्षेत्र नम्बर २ मा नौ हजार २४८ जना र क्षेत्र नम्बर ३ मा नौं हजार ८९८ जना क्रियाशिल सदस्य रहेका छन् ।

    क्रियाशिल सदस्यता वितरणमा भने चितवनमा कुनै विवाद नरहेको कांग्रेस चितवनले जनाएको छ । पार्टीका विभिन्न पदमा धेरैले आकांक्षा राखे पनि उम्मेदवारी मनोनयन नभएसम्म अध्यक्ष र सचिवको उम्मेदवारको ग्यारेन्टी नहुने कांग्रेस चितवनका सचिव जोशीले बताए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.