• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

पश्चिम नवलपरासीः हत्याका मुख्य योजनाकार ‘स्कुल सञ्चालक’

"३ जना पक्राउ, मुख्य योजनाकार फरार "
  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    परासी । गत असोज महिनामा भएको हत्या घटनामा एक निजी स्कुलका सञ्चालक मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । योजनाकार फरार रहेपनि घटनामा संलग्न अन्य ३ जनालाई भने प्रहरीले ६ महिनापछि पक्राउ गरेको छ । शव भने अहिलेसम्म बरामद हुन सकेको छैन । गत असोज ६ गते पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–३ पिडरहनीका ४० वर्षिय गोविन्द धोवीको हत्या भएको थियो ।

    पक्राउ परेका अभियुक्तको बयानका आधारमा प्रहरीले मुख्य योजनाकार बर्दघाट नगरपालिकाको मझौनीस्थित न्यू ड्रिम एकेडेमी स्कुलका सञ्चालक मुन्ना कहाँर रहेको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । उनी फरार छन् । मृतक गोविन्दका छोरा सोही स्कुलमा अध्ययनरत थिए । सामान्य व्यवसाय गर्ने गोविन्दसँग रकम भएकोले अपहरण गरी फिरौती रकम असुल गर्ने मुन्नाको योजनामा हत्या गरिएको प्रहरीले जनाएको छ ।

    हत्याको घटनामा संलग्न भई पक्राउ पर्नेमा रामग्राम नगरपालिका–२ दुर्गा टोलका २६ वर्षिय सुदिपकुमार केवट, सुस्ता गाउँपालिका– १ वनदेवीका ३५ वर्षिय वीरबहादुर राजभर र बर्दघाट नगरपालिका मझौनीका सुरेन्द्र कहाँर छन् । सुरेन्द्र र मुन्ना कहाँर बाबु छोरा हुन् । हत्याको योजनासहित मुन्नाले बोलाएपछि भारतीय नम्बर प्लेटको आफ्नै गाडी चढेर गोविन्द एक नास्ता पसलमा पुगेका थिए । उक्त नास्ता पसल हत्यामा संलग्न वीरबहादुरको हो ।

    मादक पदार्थबाट मातेका सबै गाडीमा चढेर हिडेको र बाटोमा गोविन्दलाई गाडीभित्री घाँटीमा गम्छाले बाँधेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्या पश्चात शवलाई नारायणी नदीको ठोकर नं. ६ मा लगेर फालेको अभियुक्तहरुले प्रहरी समक्षको बयानमा बताएका छन् । ६ महिनाअघि नदीमा फालिएको शव प्रहरीले गोताखोर लगाएर खोजतलास गरेको थियो । तर शव फेला पर्न नसके पनि हत्या स्विकारेकाले उनीहरु माथि कर्तव्य ज्यानमा मुद्दा चलाइएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

    प्रमाण नष्ट गर्ने सोँचका साथ अभियुक्तहरुले उक्त गाडी सुनवल नगरपालिकाको फरौलीस्थित कच्ची सडकमा जलाएर छाडेका थिए । ‘फिंगर प्रिन्टका आधारमा पक्राउ पर्ने डरले गाडीलाई जलाएको बयान दिएका छन् ।’ प्रहरी उपरीक्षक यादवले भने । अभियुक्तहरुले डेढ करोड रुपैयाँ फिरौती रकम माग्ने सोँचका साथ उनलाई अपहरण गरेको र पछि पहिचान खुल्ने डरले हत्या गरेको साविती बयान दिएको प्रहरीले जनाएको छ ।

    रुपन्देहीकी एक महिलासँग भएको मोबाइलको कल डिटेलका आधारमा अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.