चितवन । सन्तोष तामाङको उत्कृष्ट प्रदर्शनको मद्तमा हर्दी युवा समाजले भरतपुरमा जारी सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिगमा जित हात पारेको छ । आज (बिहीबार) भएको पहिलो खेलमा हर्दीले एस्ट्रल युथ सोसाइटी चोकबजारलाई २(१ ले पाखा लगायो । तिनै गोल दोस्रो हाफमा सम्भावन भएको थियो । निकै रोमाञ्चक खेलमा हर्दीलाई जिताउन सन्तोष तामाङले दुई गोल गरे ।
एस्ट्रलका राहुल दुराले एक गोल फर्काए । रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा एस्ट्रलले गोल गर्ने आधा दर्जन अवसर खेर फाल्यो । एस्ट्रलले मौका सृजना गरे पनि फिनिसिङ कमजोर देखियो । खेलको ७२ औं मिनेटमा सन्तोषले डि बक्स बाहिरबाट आकर्षक गोल गर्दै हर्दीलाई अग्रता दिलाएका थिए ।
तर हर्दीको अग्रता ३ मिनेट पनि टिक्न सकेन । ७५ औं मिनेटमा एस्ट्रलका राहुलले बराबरी गोल फर्काए । लगत्तै ७६ औं मिनेटमा सन्तोषले गोल गर्दै हर्दीको जित सुनिश्चित गरे । खेलको म्यान अफ दि म्याच हर्कीका सन्तोष घोषित भए । जित संगै हर्दीले समूह ुएु मा ३ अंक जोडेको छ। लिग अन्तर्गत आज नै हुने दोस्रो खेलमा एभरेष्ट क्लब र नारायणी एफसी भिड्नेछन् ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५(२५ बजार प्राप्त गर्नेछ ।









