• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सुनसरी एमालेमा भण्डारीलाई छेक्न यस्ताे रणनीति, को कति बलियो ?

  •   शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    सुनसरी । नेकपा (एमाले) सुनसरीकाे जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि आकांक्षी बढेका छन्  ।

    अध्यक्षका लागि यसअघि तीन जनाले मात्रै दाबी गरिरहे पनि थप एक जना बढेका छन् । अध्यक्षमा दाबी गर्नेमा पूर्वसंविधानसभा सदस्य रेवती रमण भण्डारी, जिल्ला अध्यक्ष खेमराज पोखरेल र इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी छन् । प्रदेश सदस्य तथा इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईँले पनि अध्यक्षमा दाबी गरेका छन् ।

    नेतृत्व चयनका लागि सहमतिको बाटो खाेजिरहँदा आकांक्षी बढेपछि थप दबाब परेको छ । नेतृत्व लिन तयार रहेकामध्ये चौधरी, पोखरेल, भण्डारी जिल्ला पदाधिकारीमा बसेर काम गरिसकेका छन् भने चौंलागाई नयाँ अनुहार हुन् ।

    को कति बलियो ?

    वर्तमान जिल्ला अध्यक्ष खेमराज पोखरेलले सहमतिबाटै आफू पुन: नेतृत्वमा दाेहाेरिन चाहेका छन् । यसअघि उपाध्यक्ष भइसकेका पोखरेललाई भीम आचार्य पक्षले सहयोग गरेको छ ।

    तत्कालीन नेकपा विभाजित भएसँगै एमाले हुँदा केपी ओली पक्षले रेवती रमण भण्डारीलाई जिल्ला अध्यक्ष बनाएको थियो । तर पार्टी भित्रैका माधव नेपाल पक्ष र ओली पक्षकै केही नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न नसकिने भन्दै लामो विवाद भएको थियो ।

    त्यसपछि सर्वसहमतिमा जिल्ला अध्यक्षको जिम्मेवारी पोखरेलले लिएका थिए । अहिले कार्यकर्ताले रुचाएको अर्थमा पोखरेलले अध्यक्ष दाबी गरेका हुन् । दुवै पक्षबाट उनलाई राम्रो समर्थन पाएका छन् ।

    पार्टीभित्र विवादित छवि बनाएका पूर्वजिल्ला अध्यक्ष तथा इटहरी मेयर द्वारिकलाल चौधरी पनि आकांक्षी हुन् । छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका उनी स्थानीय तहको निर्वाचनमा पार्टी उपाध्यक्ष रमेश बस्नेतलाई कार्यवाहक दिएर चुनावमा टिकट पाएका थिए । एमालेको राम्रो पकड रहेको इटहरीमा उनले चुनावसमेत जिते ।

    तर जनप्रतिनिधि भएसँगै चर्को आलोचित बनेका मेयर जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै पार्टीमा फर्किएर सक्रिय राजनीति गर्ने तयारीमा छन् । पार्टीको १० औँ महाधिवेशन प्रतिनिधि भएका चौधरी केन्द्रीय सदस्यमा नपरेपछि उनी जिल्लामै रहने अवस्थामा पुगेका छन् ।

    कार्यकर्ता बीच खासै जनमत नभएका चौधरी आफैँलाई रुचाउने धेरै भएको दाबी गर्छन् । चौधरीले अध्यक्ष नै हुनु पर्छ भनेर लागेका भने पक्कै हैनन् । उनी रेवती रमण भण्डारीले अध्यक्षमा उठ्ने देखिएपछि उनलाई अध्यक्ष हुन नदिनकै लागि पनि उमेद्वारी दिन लागेका हुन् ।

    यसअघि इनरुवामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष पदका लागि विवाद बढ्दै गएपछि उनले स्टेजमै पुगेर माइक खोसेका थिए । भण्डारीलाई त्यति मन नपराउने चौधरी अध्यक्षमा पोखरेल  आएमा छोड्न समेत तयार रहेको स्राेतले बतायो ।

    अर्का आकांक्षी हुन्, पार्टीका प्रदेश कमिटी सदस्य तथा इटहरी खानेपानी संस्थाको अध्यक्षमा बसेर १८ वर्ष काम गरेका रामप्रसाद चौलागाईँ । सुनसरीमा केपी ओली पक्षका पुराना नेताको रूपमा चिनिएका चौलागाईँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको मेयर पदका लागि आकांक्षी थिए ।
    मेयरको टिकट नपाएपछि पार्टीको भूमिकामा नरहेका उनी जिल्ला नेतृत्वको आकांक्षी देखिएका हुन् ।

    कुनै समय सार्वजनिक जग्गामा घर बनाएको भन्दै इटहरीका मेयर चौधरीको निसानामा परेका चौलागाईँ अहिले भने उनै चौधरीको नजिकका नेतामध्ये एक हुन् । उनी पनि पोखरेल भए अन्तिम समयमा मान्न तयार छन् । तर भण्डारीलाई अध्यक्ष नबनाउने रणनीतिमा छन् ।

    अर्का आकांक्षी हुन् सबैको निसानामा परेका र केन्द्रका नेतासँग राम्रो सम्बन्ध भएका संविधानसभा सदस्य रेवतीरमण भण्डारी । तत्कालीन नेकपाभित्र विवाद उत्पन्न हुँदा केपी ओली पक्षले एक वर्ष अघि जिल्ला अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले नै रहने व्यवस्था गरेपछि पार्टीले २०७५ जेठ २ मा फर्किने निर्णय गरेको थियो ।

    माधव पक्ष नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न तयार नभएपछि उनले छोडेका थिए । उनलाई अध्यक्ष बनाउन ओली पक्ष नै तयार छैन । मन पर्दा सक्दो सहयोग गर्ने, मन नपरे वास्तै नगर्ने प्रवृत्तिका कारण आफ्नै कार्यकर्ताबाट घेराबन्दीमा पर्दै आएका छन् । तर केन्द्रका नेताहरू भने उनलाई अध्यक्ष बनाउन लागि परेका छन् । पार्टीलाई संकट पर्दा सहयोग गरेको भन्दै नेताहरू सहमतिमा उनैलाई अध्यक्ष बनाउन लागि परेको स्राेतको भनाई छ । उनी स्थानीय तहको चुनाव सम्म माधव नेपाल पक्ष मानिएका थिए । जिल्लामा भीम आचार्यले टिकट नदिएकै कारण उनी ओली खेमा तिर देखिएका थिए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.