काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएको छ । तीन महिनाभन्दा धेरै समयसम्म सार्वजनिक यातायात बन्द हुँदा आर्थिक संकट परेको भन्दै महासंघले भोलिदेखि नै गाडी सञ्चालन हुने जनाएको छ । सरकारले राहत उपलब्ध नगराएका कारण भोलिदेखि नै लकडाउनको उल्लंघन गरेरै गाडी सञ्चालन गर्ने तयारी गरिएको महासंघका उपाध्यक्ष विजय स्वाँरले जानकारी दिए । सरकार यातायात व्यवसायी र यातायात क्षेत्रका मजदुरको समस्यामा गम्भीर नरहेको महासंघको आरोप छ । निजी गाडीले अहिले यात्रु ओसारिरहेको भन्दै महासंघले अब सरकार गम्भीर नभए पनि आफैले निर्णय गरेर गाडी सञ्चालन गर्न थालिएको स्वाँरले बताए ।








