• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

बिएफसी र एभरेष्ट बिजयी, सौराहा र एनएफसी बराबरीमा रोकिए

  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएससी) र सेन्ट्रल कलेज एभरेष्ट क्लबले जित हात परेका छन् । सौराहा युवा समाज र नारायणगढ फुटबल क्लब (एनएफसी) भने बराबरीमा रोकिएका छन् ।

    लिग अन्तर्गत आज (शनिबार) भएको पहिलो खेलमा सौराहा र एनएफसी १-१ को बराबरीमा रोकिएका हुन् । जारी लिगमा सौराहाको यो लगातार दोस्रो बराबरी हो । सौराहा यसअघि पहिलो खेलमा नारायणी मोटर्स युनिक क्लब बसेनीसंग २-२ को बराबरीमा रोकिएको थियो। लगातार दोस्रो बराबरीपछि सौराहाले समूह ‘ए’ मा २ अंक बटुलेको छ। एनएफसी भने पहिलो खेलमा बिएफसी संग ४-० ले पराजित भएको छ । आजको बराबरीपछि एनएफसीको एक अंक भएको छ।

    प्रतिस्पर्धात्मक खेलमा एनएफसीले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको १० औं मिनेटमा दीपजङ्ग तामाङले गोल गर्दै एनएफसलाई अग्रता दिलाएका थिए । तर एनएफसीको अग्रता पहिलो हाफसम्म मात्रै सीमित रह्यो। दोस्रो हाफमा सौराहाले बराबरी गोल फर्कायो । ५९ औं मिनेटमा सन्जय चौधरीले गोल गर्दै खेलमा बराबरी गरे। खेलको म्यान अफ दि म्याच एनएफसीका सागर लोप्चम घोषित भए।

    आजको दोस्रो खेलमा बिएससीले माडी ११ विरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । बिएफसीले माडी ११ लाई २-१ ले पराजित गरेको हो । रोमाञ्चक खेलमा बिएफसीलाई जिताउन राजले दुई गोल गरे । माडीका रितेश क्षेत्रीले एक गोल फर्काए ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तिनै गोल दोस्रो हाफमा भएको हो । दोस्रो हाफको तेस्रो मिनेटमा मैदान प्रवेश गरेका राजले बिएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ५३ औं मिनेटमा गोल गर्दै बिएफसीलाई अग्रता दिलाए ।

    ६० औं मिनेटमा रितेशले गोल गर्दै माडीलाई खेलमा फर्काउने संकेत गरेका थिए । उनले सुन्दर हेडर गोल गर्दै खेलमा १-१ को बराबरी गरे । अतिरिक्त समयको दोस्रो मिनेटमा राजले व्यक्तिगत दोस्रो गोल गर्दै बिएफसीलाई २-१ को जित दिलाए । उनले माडीका डिफेन्डरलाई बिट गर्दै आकर्षक गोल गरे ।

    खेलको म्यान अफ दि म्याच बिएफसीका क्याप्टेन विशाल बिक घोषित भए । जितसँगै दुई खेलबाट ६ अंक बनाएको बिएफसी समूह ‘ए’ को शिर्ष स्थानमा छ । माडी समान खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।

    आजकै तेस्रो खेलमा एभरेष्ट क्लबले हर्दी युवा समाजलाई २-ले पाखा लगायो । प्रतिस्पर्धात्मक खेलमा एभरेष्टलाई जिताउन आशिष गजुरेल र सन्देश तामाङले गोल गरे । दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो । हर्दीले खेलमा फर्किने थुप्रै अवसर पाए पनि एभरेष्टका गोलरक्षक बिरेन्द्र मल्ल ठकुरीले बिफल पारिदिए ।

    खेलको १९ औं मिनेटमा आशिषको गोलबाट एभरेष्टले अग्रता लिएको थियो । उनले डि बक्स बाहिरबाट सुन्दर गोल गरे । पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा सन्देशले गोल गर्दै एभरेष्टलाई दोहोरो अग्रता दिलाए । दोस्रो हाफमा एभरेष्टले अग्रता लम्बाउने अवसर पाएको थियो । ७० औं मिनेटमा एभरेष्टले पेनाल्टी पाएको थियो । तर एभरेष्टका आशिषको पेनाल्टी हर्दीका गोलरक्षक जनुराम चौधरीले बचाए । खेलमा थप गोल हुन सकेन र एभरेष्ट २-० बिजयी भयो । खेलको म्यान अफ दि म्याच एभरेष्टका गोलरक्षक बिरेन्द्र मल्ल ठकुरी घोषित भए ।

    जितसँगै एभरेष्टले ३ अंक पाएको छ । यससँगै समूह ‘बी’ मा रहेको एभरेष्ट दुई खेलबाट ६ अंक बटुल्दै अंक तालिकाको शिर्ष स्थानमा यथावत छ । समान खेल खेलेको हर्दीको ३ अंक छ ।

    लिग अन्तर्गत भोलि (आइतबार) दुई खेल हुनेछ । आइतबारको पहिलो खेल रामपुर फुटबल क्लब रड्स र एष्ट्रल युथ सोसाइटीबीच हुनेछ । यो खेल दिउँसो १ बजे हुनेछ । यि दुबै टोली पहिलो जितको खोजिमा हुनेछन् । रामपुर पहिलो खेलमा बगान यात्रा ग्रुपसँग १-० ले पराजित भएको थियो भने एस्ट्रल हर्दीसँग २-१ ले पराजित भएको थियो ।

    आइतबारकै दोस्रो खेलमा बगान यात्रा ग्रुप र नारायणी फुटबल क्लब भिड्नेछन् । यो खेल दिउँसो ३:३० बजे हुनेछ । यात्रा लगतार दोस्रो जितको खोजीमा हुनेछ । यात्राले पहिलो खेलमा रामपुरलाई १-० ले हराएको थियो । उता नारायणी भने पहिलो जितको खोजीमा हुनेछ । नारायणी पहिलो खेलमा बिएफसीसँग ४-० ले पराजित भएको थियो ।

    चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.