• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

शिक्षक अस्पताल भरतपुरमा प्रस्ताब

  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताब गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आबश्यक जग्गा उपलव्ध गराउन महानगर तयार भएको हो । मन्त्रालयले पूर्ब सम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि वढाएको थियो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा ८ विगाहा, १६ कठ्ठा जग्गा उपलव्ध गराउन आबश्यक निर्णय गरि आज आबश्यक कागजपत्र मन्त्रालयमा पेस गरिदैं छ । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारी सहित जिम्मेबार सरोकारवालाहरु समेत वसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलव्ध गराउने सहमती गरेको हो । सहमती पत्रमा शिक्षक अस्पताल स्थापनाका लागि महानगरपालिकाको सहमती प्रदान गर्ने निर्णय भएको जानकारी गराईएको छ ।

    सहमती पत्र संगै सार्बजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राबिधिक (नापी कर्मचारी)को स्थलगत नापजाँच प्रतिबेदन, वडा नम्बर १५ को सहमती पत्र र महानगरपाकिलाको निर्णय प्रतिलिपि सहित पेश गरिने दाहालले जानकारी दिनुभयो । देशकै केन्द्रभागमा रहेकाले चितवन उपयुक्त हुने सरोकारवालाहरुको भनाई छ । प्रमुख दाहालले भन्नुभयो “शिक्षा मन्त्री ज्यूले राजधानि पछिको मेडिकल सिटि र देशको मध्यभागमा पर्ने भएकाले भरतपुर उपयुक्त हुन्छ भन्नेमा हुनुहुन्छ ।” स्वयम मन्त्री र सरोकारवालाहरुले पनि भरतपुरलाई उपयुक्त ठानेका छन् । महानगरपालिकामा शिक्षक अस्पताल बनेमा पछि यो शिक्षाण अस्पताल हुने दाहालको भनाई छ ।

    यसले यहाँको समग्र बिकासमा समेत सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । महानगरले प्रस्ताब गरेको क्षेत्र पूर्ब प्रधानमन्त्री एबं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्बाचन क्षेत्र हो । स्वयम प्रचण्ड समेत भरतपुरमा शिक्षक अस्पताल बनाउने कुरामा सकारात्मक भएर लाग्नु भएको प्रमुख दाहालले जानकारी दिनुभयो । भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडीकल कलेज, संघिय सरकारी अस्पतालको सुबिधा भएकाले काठमाडौं बाहिर आउँदैं गर्दा भरतपुर जस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने उपप्रमुख पार्बती शाह ठकुरीले वताउनुभयो । उहाँले भन्नुभयो “सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।”

    शिक्षा मन्त्रालयले डा. विमल चालिसेको संयोजकत्वमा पूर्ब सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासंघका सह संयोजक पूर्ण प्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरु राम्रो छ ।”समितिले चितवन संगै मकवानपुरको चित्लाङ् र भक्तपुरको जगती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताब गर्दै छ । केही दिनमा प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको उहाँले जानकारी दिनुभयो । समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौंमा समेत जग्गा हेरेको थियो ।

    समितिले जग्गा हेर्नु पूर्ब पेशागत संग संगठन संग छलफल समेत गरेको दवाडीले जानकारी दिनुभयो । अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाइएको जनाईएको छ । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले समितिले भनेको भन्दा धेरै जग्गा एकै ठाउँमा मिलेको भरतपुर उपलव्ध गराउन सहमत भएको बताउनुभयो । सबै हिसाबले भरतपुर उपयुक्त हुने उहाँ बताउनुहुन्छ । शिक्षा मन्त्रालयले सुरुमा तीन सय शैय्या र क्रमश शैय्या थप गर्दै लैजाने योजना वनाएको छ । अस्पताल संगै व्यवस्थित कुरुवा घर वनाईदैं छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.