• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

हर्दीविरुद्ध रामपुरको कमब्याक जित

  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रामपुर फुटबल क्लब रड्सले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित निकालेको छ । आज (मंगलबार) भएको दोस्रो खेलमा दुई गोलले पछि परेको अवस्था उल्टाउदै रामपुरले हर्दी युवा समाजविरुद्ध कमब्याक जित निकालेको हो । निकै रोमाञ्चक खेलमा रामपुरले हर्दीलाई ३-२ ले हरायो । रामपुरको जितमा बिनोद गुरुङ, बिशाल तामाङ र मनिष गिरीले गोल गरे ।

    हर्दीका रोजन सेढाई र सुनिल लामाले गोल गरे । खेलको पहिलो हाफमा रामपुर दुई गोलले पछि परेको थियो । तर दोस्रो हाफमा रामपुरले कमब्याक गर्‍यो । खेलको चौथो मिनेटमा नै हर्दीले अग्रता लिएको थियो । रोजन सेढाईले सुन्दर हेडर गोल गर्दै हर्दीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमै हर्दीले अग्रता दोब्बर बनायो । २६ औं मिनेटमा सुनिल लामाले डि बक्स बाहिरबाट गोल गर्दै हर्दीलाई दोहोरो अग्रता दिलाएका थिए । पहिलो हाफमा २-० ले पछि परेको रामपुर दोस्रो हाफमा खेलमा फर्कियो ।

    ५६ औं बिनोद गुरुङले गोल गर्दै रामपुरलाई खेलमा फर्काउने संकेत गरेका थिए । ६२ औं मिनेटमा बिशाल तामाङले हेडर गोल गर्दै बराबरी गरे । खेलमा थप गरिएको अतिरिक्त ५ मिनेटको दोस्रो मिनेटमा मनिष गिरीले गोल गरे । डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै उनले रामपुरलाई कमब्याक जित दिलाए । गिरी नै खेलको म्यान अफ दि म्याच घोषित भए । जितसँगै रामपुरले समूह ‘बी’ मा ३ खेलबाट ६ अंक बनाएको छ । रामपुर अंक तालिकाको दोस्रो स्थानमा यथावत छ ।

    दुई खेलबाट समान अंक बनाएको एभरेष्ट गोल आधारमा शिर्ष स्थानमा छ । आज पराजित हर्दी ३ खेलबाट ३ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा छ । लिगमा आजै भएको पहिलो खेलमा सौराहा युवा समाज र माडी ११ गोलरहित बराबरीमा रोकिएका छन् । दुबै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् । राबरीपछि दुबै टोलीले अंक बाँडेका छन् । यससँगै सौराहाले ३ खेलबाट ३ अंक बनाएको छ । माडीको ३ खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच सौराहाका डिफेन्डर प्रकाश चौधरी घोषित भए ।

    लिगमा बुधवार तेस्रो चरणको अन्तिम दुई खेल हुँदैछ । बुधवारको पहिलो खेलमा बगान यात्रा ग्रुप र सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन तथा दोस्रो खेलमा नारायणी एफसी र एस्ट्रल युथ सोसाइटी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ ।

    दर्शक बिना नै खेल भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगका बाँकी खेलहरु दर्शक बिना नै खेलाइने भएको छ । आजबाट रंगशालाभित्र दर्शकलाई प्रवेश निषेध गरिएको हो । कोभिड संक्रमणलाई मध्यनजर गर्दै खेलाडी र अफिसियल बाहेक अन्यलाई प्रवेश निषेध गरिएको एन्फा चितवनका महासचिव रामहरी ढकालले बताए । खेलाडी र सम्पूर्ण अफिसियल पनि मास्क अनिवार्य गरिएको उनले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.