चितवन । रत्ननगर जेसीजले जेसीज सप्ताह मनाउने भएको छ । साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर जेसीज सप्ताह मनाउन लागेको आज रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रत्येक बर्ष जेसीज सप्ताह मनाउदै आएको शाखाले यसबर्ष समेत आइतबारबाट एकसाता विभिन्न कार्यक्रम गर्न लागेको रत्ननगर जेसीजका अध्यक्ष प्रदिप अधिकारीले जानकारी दिए । शाखाले गुरु सम्मान , खाना वितरण , रक्तदान , शैक्षिक सामाग्री वितरण लगायतको कार्यक्रम गर्न लागेको जनाइएको छ । आइतबार जेसीज सप्ताहको उद्घाटन तथा गुरु पूर्णिमाको अवसरमा रत्ननगर नगरपालिका क्षेत्रमा रहेर शिक्षा क्षेत्रमा योगदान गर्नुहुने गुरुहरुलाई सम्मान , सोमबार रत्ननगरमा रहेको सानो घरमा खाद्यान्न वितरण , वृद्ध वद्धासँग जेसीज , रक्तदान कार्यक्रम , शैक्षिक सामाग्री हस्तान्तरण , कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको असर र अबको बाटोका बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम , चितवन जिल्लामा रहेका जेसीज शाखाहरुबिच हाजिरीजवाफ कार्यक्रमसँगै जेसिज सप्ताह कार्यक्रमको समापन गरिने रत्ननगर जेसिजका महासचिव अमितकुमार गुप्ताले बताए ।








