• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

अमिसको दुई गोलमा पानसको कमब्याक जित

  •   बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अमिस महतोको उत्कृष्ट प्रदर्शनको मद्तमा पानस युवा क्लबले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित हात पारेको छ । लिग अन्तर्गत आज (बिहीबार) भएको दोस्रो खेलमा पानसले माडी ११ लाई ३-१ ले पराजित गरेको हो । खेलमा १-० ले पछि परेको पानसले उत्कृष्ट कमब्याक गर्‍यो ।

    पानसको जितमा अमिसले दुई तथा अशोक टाडीले एक गोल गरे । माडीका विज्ञान खड्काले एक गोल गरे । चारै गोल दोस्रो हाफमा भएको थियो ।
    खेलमा अग्रता भने माडीले लिएको थियो । ६१ औं विज्ञानले फ्री किकमा उत्कृष्ट गोल गर्दै माडीलाई अग्रता दिलाएका थिए । तर माडीको अग्रता धेरै समय टिक्न सकेन ।

    ६५ औं मिनेटमा अमिसले सुन्दर हेडर गोल गर्दै पानसलाई खेलमा फर्काउने संकेत गरेका थिए । लगत्तै ६७ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै पानसलाई खेलमा फर्काए । ७३ औं मिनेटमा अशोकले गोल गर्दै पानसलाई ३-१ को जित दिलाए ।

    खेलको म्यान अफ दि म्याच पानसमा अमिस घोषित भए । जारी लिगमा पानसको यो पहिलो जित हो । यस अघि पहिलो खेलमा वातासिनो जि ब्वाइजसँग बराबरीमा रोकिएको पानस दोस्रो खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सँग पराजित भएको थियो । समूह ‘ए’ मा रहेको पानसले ३ खेलबाट ४ अंक बटुलेको छ । समान खेल खेलेको माडीको पनि ४ अंक छ ।

    यस अघि आजको पहिलो खेलमा बिएफसीले १० खेलाडीमा सीमित नारायणी मोटार्स युनिक क्लब बसेनीविरुद्ध फराकिलो जित निकाएको छ । बिएफसीले बसेनीलाई ६-० ले पराजित गरेको हो । जारी लिगमा बिएफसीको यो चौथो जित हो ।

    बिएफसीलाई फराकिलो जिताउन नुरल राना मगर र राज भुसालले समान २-२ गोल गरे । सन्दीप सेन्चुरी र सुमन आले मगरले एक-एक गोल थपे ।पहिलो हाफमा एक गोल गरेको बिएफसीले दोस्रो हाफमा ५ गोल थप्यो । खेलको १६ औं मिनेटमा सन्दीप सेन्चुरीले गोल गर्दै बिएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा नुरल रानाले गोल गर्दै बिएफसीको अग्रता दोब्बर बनाए ।

    ५० औं मिनेटमा युनिक १० खेलाडीमा सीमित भयो । युनिकका रबिन श्रेष्ठले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । यसको फाईदा उठाउँदै ५४ औं मिनेटमा सुमन आलेले गोल गर्दै बिएफसीलाई ३-० को अग्रता दिलाए । ६० औं मिनेटमा नुरलले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । राज भुसालले ६९ र ७१ औं मिनेटमा दुई गोल गरेपछि बिएफसी ६-० ले बिजयी भयो ।

    खेलको म्यान अफ दि म्याच बिएफसीका नुरल चुनिए । जितसँगै बिएफसीले ४ खेलबाट १२ अंक बनाएको छ । लिगमा ४ खेल खेलेको बिएफसीले चारै खेलमा जित हात पारेको छ । यससँगै बिएफसीको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ।

    लिगमा शुक्रबार पनि दुई खेल हुनेछ । शुक्रबार दिउँसो १ बजे सौराहा युवा समाज र जि ब्वाइज तथा दिउँसो ३:३० बजे नारायणी फुटबल क्लब र रामपुर फुटबल क्लब रड्सबीच खेल हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.