• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राष्ट्रिय सभा निर्वाचन : निर्वाचन आयोगले जारी गर्‍यो स्वास्थ्य सुरक्षा मापदण्ड

  •   बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागु गर्न निर्देशन दिएको छ ।

    आयोगले बिहीबार विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो ।

    राष्ट्रिय सभा सदस्य निर्वाचन यही १२ माघमा हुँदै छ ।

    जारी विज्ञप्ति 

    निर्वाचन आयोगले कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सबै सरोकारवालाले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड स्वीकृत गरी निम्नानुसार निर्देशनहरू जारी गरेको छ ।

    १. राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने छ ।

    २. मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका व्यक्तिले मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गर्नु पर्नेछ ।

    ३. मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था हुनेछ । हेल्थ डेस्कको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नु पर्नेछ ।

    ४. मतदान स्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवम् मतदाताले मतदान स्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नु पर्नेछ ।

    ५. पूर्ण खोप लगायतका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदान स्थल, मतदान केन्द्र र मतगणना स्थलमा खटाइनेछ । मतदान केन्द्र र मतगणना स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक लगायत सबैले अनिवार्य रूपमा Face Shield पञ्जा र मास्क लगाउनु पर्नेछ ।

    ६. मतदाताले मतपत्र प्राप्त गरी गोप्य कक्षमा गई मतदान गरिसकेपछि अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ ।

    ७. मतदान अधिकृतले समय समयमा मतदान केन्द्रमा मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरूको अनिवार्य रूपमा निसङ्क्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

    ८. मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि निसङ्क्रमण गर्ने र गणनाको लागि मतगणना स्थलमा लैजाने व्यवस्था गर्नु पर्नेछ ।

    ९. मतगणनाको लागि तयार गरिएको मतगणना स्थलमा मतपेटिका खोल्नु अघि अनिवार्य रूपमा निसङ्क्रमण गर्ने व्यवस्था गर्नु पर्नेछ ।

    १०. मतदान स्थल र मतगणना स्थलमा अनावश्यक भिडभाड हुन नदिने र प्रवेशलाई कडाइका साथ नियन्त्रण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

    ११. मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्नु पर्नेछ। एम्बुलेन्सको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नु पर्नेछ ।

    १२. राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सम्बन्धित प्रदेशभित्रका प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचक मण्डलका सदस्य हुने हुँदा निर्वाचन हुनु भन्दा ७२ घण्टा अघि निज मतदाताहरू उअच परीक्षणको लागि कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।

    १३. आयोगले निर्धारण गरेको यस मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था हेरी आवश्यकता अनुसार स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्था गर्न सक्नेछ ।

    १४.  मतदान केन्द्रमा अनिवार्य रूपमा आवश्यक मात्रामा मास्क, स्यानिटाइजर, टिस्यु पेपर, साबुन पानी तथा फोहोर राख्ने टोकरीको व्यवस्था गर्नुपर्नेछ ।

    १५ . प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नु अघि तापक्रम जाँच गर्नुपर्नेछ । तापक्रम जाँच गर्दा मतदान केन्द्रमा खटिने स्वास्थ्यकर्मीले प्रत्येक मतदातालाई पछिल्लो १४ दिन यता ज्वरो वा रुघाखोकी वा अन्य कोभिड–१९ को लक्षण देखिएको छ/छैन बुझी मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड १९ सङ्क्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

    १६. मतपत्र दिने कर्मचारीले मतपत्रको अर्धकट्टीमा मतदातालाई हस्ताक्षर गराउँदा सकेसम्म मतदाताकै कलमबाट हस्ताक्षर गराउनुपर्नेछ । यदि उक्त मतदाताले ल्याप्चे लगाउने भएमा ल्याप्चे लगाइसकेपछि टिस्यु पेपरले हात सफा गरी उक्त टिस्यु पेपरलाई फोहोर टोकरीमा हाल्नुपर्नेछ र हातलाई स्यानिटाइजर प्रयोग गर्न अनुरोध गर्नुपर्नेछ ।

    १७. बुँदा नं. १५ र १६ बमोजिमका मतदातालाई मतदान गर्न छुट्टै मतपेटिका राख्न आवश्यक देखिएमा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूबाट व्यवस्थापन गर्ने गरी निर्वाचन अधिकृतको स्वीकृतिमा मतदान अधिकृतले छुट्टै मतपेटीकाको व्यवस्था गरी मतदान गराउन सक्ने छन् । यसरी मतपेटिकाको व्यवस्था गरिएकोमा उक्त मतपेटिका छुट्टै राखी निसङ्क्रमण गरी अन्य मतपेटीकाको मतपत्रसँग मिसाई मतदानको गोपनियता अक्षुण राखी गणना गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

    १८. मतगणना स्थलमा सामाजिक दुरी कायम हुने गरी मतगणना कार्य गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै अनावश्यक भिडभाड हुन नदिन अनावश्यक प्रवेशमा रोक लगाउनु पर्नेछ ।

    १९. जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने ब्यवस्था मिलाउने ।

    २०. कोभिड सङ्क्रमण पुष्टि भएको मतदाता मतदान गर्न आएमा त्यस्ता मतदातालाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखी अन्यको मतदानको कार्य केही समयका लागि स्थगित गरी हातमा पन्जा मास्क Face Shield लगाई मतदान गर्न लगाई निजहरूले प्रयोग गरेका मतदान स्थलमा सामाग्रीहरू निसङ्क्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारू गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

    २१. आयोगले निर्धारण गरेको यस मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था अनुसार थप स्वास्थ्य सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्न सक्नेछ ।

    २२. राष्ट्रियसभा सदस्य निर्वाचनमा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा पालना गरी गराई आसन्न निर्वाचनलाई सुरक्षित र व्यवस्थित रुपमा सम्पन्न गर्न गराउन आवश्यक सहयोगको लागि निर्वाचन आयोग सबै सरोकारवालाहरुसँग हार्दिक अनुरोध गर्दछ । राष्ट्रियसभा सदस्य निर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ आयोगको वेब साईट धधध।भभिअतष्यल।नयख।लउ मा पनि हेर्न सकिने छ ।

    कोमल प्रसाद धमला
    सहायक प्रवक्ता

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.