• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बिएफसी पहिलो पटक चितवन जिल्ला लिगको फाइनलमा 

  •   सोमबार, माघ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    चितवन ।  केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको फाइनलमा प्रवेश गरेको छ ।
    आज (सोमबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा रामपुर फुटबल क्लब रड्सलाई टाईब्रेकरमा पराजित गर्दै बिएफसी फाइनलमा प्रवेश गरेको हो ।
    निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । बिएफसी जिल्ला लिगमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । यस अघि बिएफसी सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन ।
    बिएफसीले टाईब्रेकरमा रामपुरलाई ५-३ ले पराजित गर्‍यो । टाईब्रेकरमा बिएफसीका राज भुसाल, कप्तान सन्दिप सेन्चुरी, प्रयास तामाङ, बिबेक मगर र लिलाबहादुर थापा मगरले गोल गरे ।
    रामपुरका विशाल तामाङ, सुरज श्रेष्ठ र रशिश तामाङले गोल गरे । बिशेष तामाङको तेस्रो प्रहार बिएफसीका आदित्य गुरुङले बचाए ।
    त्यस अघि निर्धारित ९० मिनेटमा दुबैतर्फबाट १-१ गोल भएको थियो ।  पहिलो हाफको ३० औं मिनेटमा बिएफसीले अग्रता लिएको थियो । बिएफसीका प्रयास तामाङले डिबक्स भित्र प्राप्त अवसरलाई सदुपयोग गर्दै सहज गोल गरे । तर बिएफसीको अग्रता धेरै बेर टिक्न सकेन । ३२ औं मिनेटमा रामपुरले बराबरी गोल फर्कायो । रामपुरका कप्तान सुरज गुरुङले कर्नरमा सुन्दर हेड गर्दै बललाई जाली चुमाए।
    दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर खेर फाले । खेलको अन्त्य तिर प्राप्त केही अवसरमा दुबै टिम गोल गर्न चुके । खेलको म्यान अफ दि म्याच बिएफसीका गोलरक्षक आदित्य घोषित भए ।
    बिएफसीले उपाधिका लागि दोस्रो सेमिफाइनलको बिजेतासँह खेल्नेछ । दोस्रो सेमिफाइनल खेल केही बेरमा सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन र सौराहा युवा समाजबीच हुनेछ ।
    चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग १२ गतेसम्म चल्नेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.