• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन जिल्ला लिगको उपाधि बिएफसीलाई

  •   बुधबार, माघ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । आज (बुधबार) भएको उपाधि भिडन्तमा सेन्ट्रल कलेज एभरेष्ट क्लबलाई पराजित गर्दै बिएफसी च्याम्पियन बनेको हो । बिएफसीले एभरेष्टलाई ३-० ले पराजित गर्‍यो । बिएफसी पहिलो पटक जिल्ला लिगको फाइनलमा प्रवेश गरेको हो । पहिलो पटक फाइनल पुगेको बिएफसी पहिलो पटकमा नै च्याम्पियन बन्न सफल भएको हो ।

    उता चौथो पटक फाइनल पुगेको एभरेष्ट यस पटक पनि उपविजेतामा नै सीमित भयो । एभरेष्ट यस अघि पनि ३ पटक फाइनलमा पराजित भएको थियो । बिएफसीलाई जिताउन राज भुसालले २ तथा प्रयास तामाङले एक गोल गरे । खेलको ३७ औं मिनेटमा बिएफसीले अग्रता लियो । बिएफसीका प्रयास तामाङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले अभिषेक चापागाईको पासमा सुन्दर गोल गरे । पहिलो हाफमा नै बिएफसीले अग्रता दोब्बर बनायो ।

    पहिलो हाफमा थप गरिएको अतिरिक्त ४ मिनेटको तेस्रो मिनेटमा राज भुसालले पेनाल्टीमा गोल गर्दै बिएफसीलाई दोहोरो अग्रता दिलाए । डिबक्स भित्र एभरेष्टका डिफेन्डर बिपिन बल्लले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा राजले कुनै गल्ती नगरी बललाई जाली चुमाए । ६९ औं मिनेटमा राजले ब्यक्तिगत दोस्रो गोल गर्दै बिएफसीलाई ३-० को अग्रता दिलाए । मैदानको कर्नर भागबाट प्रयासको क्रसमा राजले सुन्डर हेड गोल गर्दै बिएफसीको जित सुनिश्चित गरे । राज नै खेलको म्यान अफ दि म्याच चुनिए ।

    विजेता बिएफसीले ट्रफीसहित एक लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित एभरेष्टले ५० हजारमा चित्त बुझाएको छ । उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार वितरण गरे । प्रतियोगिता भर ४ गोल र ८ एसिस्ट गरेका एभरेष्टका रोशन क्षेत्री लिगको सर्वोकृष्ट खेलाडी चुनिए । उनले गोल्डेन बलसहित नगद पाँच हजार प्राप्त गरे ।

    यस्तै लिगमा ९ गोल गरेका बिएफसीका राज भुसाल सर्वाधिक गोलकर्ता भए । उनले गोल्डेन बुटसहित पाँच हजार प्राप्त गरे । पानस युवा क्लबका सागर बस्नेत सर्वोकृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लभ्ससहित पाँच हजार प्राप्त गरे । उनले लिगका ६ खेलमा तीन क्लिनसिट गरेका थिए भने तीन गोल मात्रै खाएका थिए । चितवन जिल्ला फुटबल संघको आयोजनमा भएको लिगमा जिल्लाका १३ टोली सहभागि थिए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.