• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

परीक्षण उडानको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

  •   शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    बुटवल । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएको छ । आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ ।

    विमानस्थल बिस्तार परियोजनाका अनुसार आगामी बुद्ध जयन्तीमा परीक्षण उडान गर्ने गरी तयारी भैरहेको छ । परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले अष्ट्रियाका प्राविधकिहरू भैरहवा विमानस्थलमै छन् । यस्तै थाइल्याण्डका प्राविधिकहरूले पनि भैरहवा विमानस्थलमा तालिम दिन थालेका छन् ।

    परीक्षण उडान सकिएपछि मात्र प्राविधिकहरू फर्किने विमानस्थल विस्तार परियोजनाले जानकारी दिएको छ । परियोजना प्रमुख प्रवेश अधिकारीका अनुसार आइसिवी–१ र आइसिवी–२ अन्तर्गतका सबै काम सकिएकोले अब परीक्षण उडानका लागि विमानस्थल तयारी अवस्थामा छ । परीक्षण उडानको दिन नै आयोजना हस्तान्तरणको मिति तय गरिने अधिकारीले जानकारी दिए ।

    परीक्षण उडान मिति भने नागरिक उड्डयन प्राधिकरणले तय गनुपर्ने हुन्छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी १) मा सम्झौता भएर १ माघ २०७१ देखि निर्माण सुरु गरेको थियो ।

    आइसिवी–१ अन्तर्गत तीन हजार मिटर धावनमार्ग, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्ने क्षमताको पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, पाँच सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, ट्याक्सी वे लगायतका काम रहेका थिए जुन अहिले सबै सम्पन्न भई सकेका छन् ।

    गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो आइसिबी–१ अन्तर्गत ६ अर्ब ८२ करोडको । दोस्रो अन्र्तराष्ट्रिय आइसिवी–२ अन्तर्गत ५० करोडको काम र तेस्रो २२ अर्ब ४० करोडको मुआब्जा वितरण सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम भएको छ । यसरी आयोजनाको सबै काम जोड्दा ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडीबीको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।

    निर्माण सम्पन्न भईसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले अहिले १२औं तहको महाप्रबन्धक समेत पाएको छ । महाप्रबन्धकको रुपमा गोविन्दप्रसाद दहाल भैरहवा विमानस्थल आइपुगेका छन् । विमानस्थल सञ्चालनको अन्तिम तयारीमा रहेको महाप्रबन्धक दहालले बताए । थाइल्याण्डबाट एरो थाईका प्राविधिकहरू अध्ययनका लागि आएको र उनीहरूको रिपोर्टपछि करिब एक महिनामा परीक्षण उडान हुनसक्ने दाहालको भनाइ छ ।

    गौतमबुद्ध बिमानस्थलमा हाल ३४ जनाको दरबन्दी छ । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार भैसकेपछि अब बिमानस्थलमा एक सय ५१ जना कर्मचारीको दरबन्दी हुने उनले जानकारी दिए । यसबाहेक सेवा प्रदायकले आपूर्ति गर्ने एक सय तीन जना, प्रहरी एक सय ६७ जना, मेट्रोलोजिष्ट १७ देखि २० जना, अध्यागमन, भन्सार, क्वारेन्टाइन लगायतका कर्मचारीको अवश्यकता हुन्छ ।

    अध्यागमन, भन्सार, क्वारेन्टाइन र सुरक्षाबाहेक विमानस्थल सञ्चालनको लागि अहिले करिब २० जना थपिए अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य हुने दहालले बताए । न्युज कारखाना

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.