काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७३ वर्ष पूरा गरेका छन् । यसवर्ष पूर्वराजाको जन्मोत्सवमा कुनै विशेष औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । सामान्यतया हरेक वर्ष पूर्वराजाको जन्मोत्सवमा निर्मल निवासमा विशेष समारोहको आयोजना हुने गरेको थियो । सुभेच्छुक तथा शुभचिन्तकहरु उनलाई शुभकामना दिन निर्मल निवास पुग्ने गरेका थिए । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण कुनै कार्यक्रमको आयोजना नगरिएको पूर्वराजाको सचिवालयले जनाएको छ । राजा महेन्द्रका माइला छोरा ज्ञानेन्द्र २००४ सालमा जन्मेका हुन् ।








