काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । बुधबार ६ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि फेरि ९ सय रुपैयाले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ९ सय रुपैयाले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला प्रतितोला ९१ हजार ९६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा २० रुपियाँले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ९८० रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।








