• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

रेल खरिद गरेको १५ महिना पछि आजवाट जनकपुरमा रेल सञ्चालन हुने, ७० देखी ३०० रुपैयाँसम्म भाडा कायम

  •   आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम ।  लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ ।

    रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

    महाप्रन्धक झाले अव रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आइतबारदेखि रेल सञ्चालन हुने दाबी गरे । रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गरिने बताए ।

    ‘आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ’, महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौ, हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौ ।’

    रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए ।

    विगतमा चोरी भएका रेल्वे ट्याकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए । ५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए । तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए ।

    नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ ।

    यसैबीच,नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल  ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।

    काँचुली फेर्दै नेपाल रेल 

    भारतीय ब्रिटिस शासकले विक्रम सम्वत १९९४ मा महोत्तरीको जगंगलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मेवारी दिइएको थियो । नेपाल सरकारले ती रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदिमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदिको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा समिति हुन पुगे ।

    मर्मत सम्भारको अभाव र राजनीति दलहरुले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा विस्तार विस्तारै बन्द नै अवस्थामा पुगेका थिए ।

    पटक–पटक लिक छोडने तथा दुर्घटानमा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नती गर्न भारत सरकारसँग आग्रहा गरिएको थियो । २०७१ साल माघ देखि उक्त सेवाई पुर्ण रुपमा ठप्प गरि स्तरोन्नतीको काम हुदै आएको छ ।

    सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर–बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपल्बध गराउने र निर्माण सम्बन्धी सम्पुर्ण जस्तै ट्रायक निर्माण, स्टेशन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्यृति लागयतका सम्पुर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल  कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ ।

    कुर्था–देखि बिजलपुरा सम्मको ९० प्रतिशत काम सम्पन्न भईरहेको बताउँदै झाले भने, ‘जयनगर कुर्था रेल सेवा संचालन भएपछि त्यसको केहि महिनामै बिजलपुरा सम्म पनि रेल चलाउन सकिन्छ । कारण कुर्था देखि बिजलपुरा सम्मको ट्रायाक निर्माण, स्टेशन, हल्ट निर्माण रुपमा भइसकको छ ।’

    जयनगरदेखि कुर्था सम्म ३५ किलोमटिर यात्रा गर्न दुईदेखि तीन घण्टा लाग्ने रेलाई ब्रोडगेज सेवा सुरु भएपनि १ घण्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । ‘न्यारोगेज रेल सेवा सञ्चालन हुदाँ बढीमा एक पटकमा एक हजार यात्रु आवत जावत गर्न सकिन्थयो’, उनले भने, ‘ब्रोडगेज सेवा सुरु भएपछि १३ सय यात्रु यहिलै कै अवस्थामा र बोगि (डब्बा) थप गरेर त्यसो भन्दा बढी यात्रीलाई चढाउन सकिन्छ ।’

    नयाँ मोडेलका आधुनिक रेल 

    डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विधुत दुवैबाट चल्ने यि दुवै विश्वमै नयाँ मोडेलका रेलको रुपमा तयार गरिएको निर्माण कमपनीले दावि गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् ।

    प्रति घण्टा ११० किलो मिटरको स्पीडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सय सम्म यात्रिले यात्रा गर्न सक्छन् । एउटै ईन्जिन भएपनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउट बोगिमा ७० वटा सिट रहेको छ ।

    २० मिटर लामो रेलको ईन्जिनवाहेक एक एसि र २ जेनरल बोगि रहेको छ । प्रति किलोमिटर २ लिटर डिजेलको अभरेज दिने रेलमा आवश्कयता अनुसार थप ४ वटा बोगि सम्म जोडन सकिने निर्माण कम्पनीको दावि छ । नेपाललाई लक्ष्ति गरि बनाएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कमपनीका म्याकेनिकल ईन्जिनियर दिपक त्रिपाठीले बताए ।

    यो दुवै रेल अन्य  रेलभन्दा फरक र आकर्षक मोडेलका रहेको उल्लेख गर्दै त्रिपाठीले भने, ‘यसको स्पीड, लोड बोक्ने क्षमता धेरै राम्रो छ, नेपालका लागि हामीले स्पेशल डिजाईन गरेका छौ ।’ रेलका बोडिङहरुको यात्रीहरुले आफुसँग ल्याउने झोला ब्यागहरु राख्ने स्थान बनाईएको छ भने प्रत्येक बोगिमा शौचालयको व्यवस्था गरिएको छ । एसी वाहेक अन्य जेनरेल बोगिमा ठाउँठाउँमा पंखा लगाईएको छ ।

    नेपाल सरकारले खरिद गरेको रेल यात्रु वाहेक रेल रहेको रहेको भन्दै उनले भने, ‘यसमा माल ओसारपोसार गर्न मिल्दैन, यो पुर्णत यात्रु ओसोरपोसरको उदेश्यले निर्माण गरिएको छ ।’ नेपाल सरकारको आग्रहा कम्पनीले रेललाई नेपालकै झण्डाको रंङगमा पेन्ट गरिएकोले रेलको आकर्षणलाई झन बढाएको उनले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.