काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोलामा १ हजार ६ सय रुपैँयाले गिरावट आएर ९५ हजार १ सय रुपैँया कायम भएको छ ।
मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७ सय रुपैँयामै कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९४ हजार ६ सय रुपैँया निर्धारण भएको छ ।
यसैगरी आज चाँदी भने प्रतितोलामा ३५ रुपैँयाले घटेर एक हजार २८५ रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।








