• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पाँच महिनासम्म बस्न सकेन प्रदेशसभा बैठक 

  •   बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    धनगढी । सुदूरपश्चिम प्रदेशको नवौं (हिउँदे) अधिवेशन पाँच महिना पुग्न लाग्दासमेत सञ्चालन हुनसकेको छैन । बैठक सुचारु गर्न सरकारसँग पर्याप्त बिजनेस नहुँदा प्रदेशसभा बैठक बस्न नसकेको हो । प्रदेशसभा सचिवालयका अनुसार हाल प्रदेशसभामा चारवटा विधेयक मात्र दर्ता भएका छन् । ती विधेयक असोजमै दर्ता भएका थिए । त्यसयता प्रदेश सरकारले प्रदेशसभामा विधेयक पेस नगरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

    ‘अहिले चारवटा विधेयक प्रदेशसभामा विचाराधीन छन्,’ सूचना अधिकारी जैशीले भने, ‘असोजयता कुनै पनि विधेयक दर्ता भएका छैनन्, बिजनेस नभई बैठक सञ्चालन गर्न पनि समस्या हुन्छ ।’ सूचना अधिकारी जैशीका अनुसार प्रदेशसभामा हाल प्रदेश निजामतीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रहरीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र दूग्ध विकास बोर्डसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक विचाराधीन छन् ।

    यी सबै विधेयक १५ असोजअघि दर्ता भएको सचिवालयले जनाएको छ । १५ असोजमा प्रदेशसभाको वर्षे अधिवेशन समापन गरिएको थियो ।
    प्रदेशसभा सचिवालयले बैठक बस्ने बारेमा कुनै सूचना नआएको जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभन्दा बढी समयसम्म प्रदेशसभा बैठक बस्न नसकेमा संवैधानि जटिलता आउनेछ ।

    ‘६ महिनाभन्दा बढी समयसम्म प्रदेशसभा बैठक बस्न नसकेमा संवैधानि जटिलता आउन सक्ने व्यवस्था छ,’ प्रदेशसभा सचिवालयका सूचना अधिकारी जैशीले भने, ‘पाँच महिना पूरा हुन थालिसक्यो, बैठक बस्ने बारेमा कुनै जानकारी छैन ।’

    प्रदेश सरकारले प्रदेशसभालाई पर्याप्त कार्य (बिजनेस) नदिएका कारण हिउँदे अधिवेशन सञ्चालन हुन नसकेको बताइएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिइने भए पनि यस वर्ष विधेयक नै तयार नभएका उनले बताए ।

    ‘कानुन मन्त्रालयमा आएका विधेयक प्रदेशसभामा दर्ता हुने गर्दछन्,’ उनले भने, ‘तर पाँच महिनाको अवधिमा कानून मन्त्रालयले पनि कुनै विधेयक प्रदेशसभा सचिवालयमा पेस गरेको छैन ।’

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि अहिले विभिन्न मन्त्रालयका कुनै पनि विधेयक मस्यौदाहरू नआएको जनाइएको छ । ‘अधिवेशनको मिति तय नभएकोले पनि होला अहिलेसम्म कुनै पनि मन्त्रालयले विधेयक मस्यौदा पेस गरेका छैनन्,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले भने, ‘विषयगत मन्त्रालयले विधेयक मस्यौदाहरू आन्तरिक रुपमा तयार गरेको भए जानकारी छैन ।’
    आन्तरिक मामीला तथा कानुन मन्त्री पूर्ण जोशीले भने प्रदेशसभालाई छिट्टै सुचारु गर्ने तयारी भइरहेको बताइन् । ‘हामी संवैधानिक जटिलता आउन दिने छैनौं,’ मन्त्री जोशीले भनिन्, ‘त्यस अगावै प्रदेशसभालाई सुचारु गर्ने छौं, त्यसका लागि तयारी गरिरहेका छौं ।’

    मन्त्री जोशीले प्रदेशसभामा पर्याप्त बिजनेस दिने गरी सबै मन्त्रालयललाई विधेयक ल्याउन निर्देशन दिइएको बताइन् । प्रदेश प्रहरी ऐन र निजामती कर्मचारी ऐनको विधेयक अहिले विचाराधीन अवस्थामा रहेको बताउँदै मन्त्री जोशीले एक साता भित्रै अन्य मन्त्रालयले पनि आवश्यक विधेयक ल्याउने बताइन् । ‘धेरै मन्त्रालयले एने निर्माणका लागि सैद्धान्तिक सहमति पनि मागेका छन्,‘मन्त्री जोशीले भनिन्, कानुन कन्त्रालयले सैद्धान्तिक सहमति पनि दिएको छ, अब विधेयक आउँछ होला, अब निरन्तर बैठक बस्ने गरी प्रदेशसभा सुचारु हुने छ ।’ उनले विषयगत समितिबाट ऐन निर्माणमा ढीलाई हुँदा समस्या भएको बताइन् ।

    विषयगत समितिहरु निष्क्रिय जस्तै बनेका र प्रदेशसभाले टेबल गरेका विधेयकमा समेत छलफल नगरेका कारण ऐम निर्माणमा ढिलाई हुने गरेको मन्त्री जोशीले बताइन् । ‘असारमा छलफलका लागि समितिमा पठाइएको एउटा विधेयक असोजसम्म पनि सदनमा आएन,’ मन्त्री जोशीले भनिन्, ‘यस्तो अवस्थामा सरकारले मात्र काम गरेर केही हुने देखिँदैन ।’

    सुदूरपश्चिम प्रदेशसभाले असोजसम्म ५९ ऐन पारित गरेकोमा ५६ ऐन प्रमाणीकरण भएका छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.