• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

वर्षातका कारण १ लाख वढि जनता प्रभाबित वन्ने

  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वर्षातका कारण जिल्लामा १ लाख २८ हजार ६ सय ६५ जना प्रभाबित हुने अनुमान गरिएको छ । जिल्ला बिपद व्यवस्थापन समिति चितवनको बैठकले सातवटा स्थानीय तहमा गरि सो संख्यामा जनता प्रभाबित हुने अनुमान गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका आनुसार जिल्लामा वर्षातका कारण ८८ स्थानमा कटान र ७१ स्थानमा डुवान हुने अनुमान गरिएको छ । यसले २५ हजार ७ सय ३३ घरपरिवार प्रभाबित हुने उहाँले बताउनुभयो । माडी नगरपालिकामा ९ स्थानमा कटान र ११ स्थानमा डुवान हुँदा ३ हजार ९ सय ४६ घर धुरीमा रहेका १९ हजार ७ सय ३० जना प्रभाबित हुने अनुमान गरिएको छ । यस्तै कालिका नगरपालिकामा ५ स्थान कटान, ६ स्थान डुवानमा पर्दा १ हजार ५ घरधुरीका ५ हजार २५ जना, रत्ननगरको ८ स्थान कटान र १० स्थान डुवानमा पर्दा २ हजार ३ सय ८१ घरधुरीका ११ हजार ९ सय ५ जना प्रभाबित हुने अनुमान गरिएको छ । खैरहनी नगरपालिकाको २ स्थान कटान र ७ स्थान डुवानमा पर्दा ३ सय २० घरधुरीका १ हजार ६ सय जना, राप्ती नगरपालिकामा ३० स्थान कटान र ९ स्थान डुवानमा पर्दा १० हजार १ सय ९० परिवारका ५० हजार ९ सय ५०जना, भरतपुर महानगरपालिकाको २८ स्थान डुवानमा र १६ स्थान कटानमा पर्दा ६ हजार ६ सय ३५ परिवारका ३३ हजार १ सय ७५ जना प्रभाबित हुने अनुमान बिपद व्यवस्थापन समितिले गरेको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा १८ स्थानमा कटान हुँदा १ हजार २ सय ५६ परिवारका ६ हजार २ सय ८० जना प्रभाबित हुने स्थानीय तहहरुले संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । यसबाट बच्नका लागि सम्भाबित क्षेत्रका जनतालाई अग्रिम जानकारी गराउने, सार्वजनीक स्थानको खोजि गर्ने, उद्धारका लागि हेलिकप्टर बस्न सक्ने स्थानको पहिचान गर्ने, उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरीवल तयारी अबस्थामा राख्ने जस्ता कामहरु भईरहेको भट्टराईले जानकारी दिनुभयो । सम्भाबित क्षेत्रमा रहेका रेडक्रसलाई बिपतका समयमा उद्धार र राहतका लागि तयारी रहन समेत आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । मूख्य रुपमा जिल्ला हुँदै बग्ने नारायणी, राप्ती र रिउ खोलाले कटान र डुवान गर्ने गर्दछन् । पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको छ । पहिरो भरतपुर महानगरपालिकाको वडा नम्बर २९, ईच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा खस्ने जोखिम रहेको छ । दुई दिन यता परेको निरन्तर वर्षाका कारण नदीहरुमा पानीको वहाव वढिरहेको छ । जिल्लाका सातवटा स्थानीय तहले पाडी र पहिरोबाट बच्न उच्च सावधानि अपनाउन र सतर्क हुन अपिल गरेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.