• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. बिचौलियाको मारमा किसान

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गोविन्दराज जोशी भन्छन्- रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ

  •   मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उनको भनाइ छ । उनले आफू पौडेलसँग कुनै हालतमा मिल्न नसक्ने स्पष्ट पारे ।

    बिपी विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै जोशीले भने, ‘तपाईहरूले रामचन्द्र पौडेल र गोविन्दराज जोशी मिल्नुपर्‍यो । तपाईहरू  आपसमा लड्नुभो, एक अर्कालाई लखेट्नु भयो, झगडा गर्नु भएन भन्नुहुन्छ । त्यो भनाइले मलाई अपमानको महशुस हुन्छ । किनकी पौडेल २०१८ सालमा मात्र कांग्रेसमा आएको मान्छे हुन्। आफैँले भनेका छन् त्योभन्दा पहिले वामपन्थी पार्टीमा थिएँ भनेर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नभएकोसँग तुलना हुँदा आफू अपमानित भएको ठान्छु । साथीहरुले मेरो भलो गर्नु पर्दैन । तर, रामचन्द्र  र गोविन्दराज मिल्न परो भन्ने कुरा नगर्दिनु होला ।’

    उनले पौडेल कांग्रेसमा फाइदा हुन्छ भनेर आएको र कांग्रेसमा पनि कहिले कता कहिले कता लाग्ने अवसरवादी चरित्रको नेता भएको टिप्पणी गरे । तनहुँमा कांग्रेस पौडेलकै कारण समाप्त भएको उनकाे आरोप छ । पौडेलले पार्टीमा भाडभैलो मच्याइरहेकाले राष्ट्रघातीको संज्ञा दिए । ‘जसले पैसा खाएर संविधानमा धर्म निरपेक्षता लेख्यो त्यो मान्छे राष्ट्रघाती नहुने हामी इमान्दार नेता कार्यकर्ता राष्ट्रघाती हुने,’ उनको आरोप छ ।

    जोशीले रामचन्द्र पौडेलहरूको जालझेलका कारण आफूलाई पार्टीले कारवाही गरेको टिप्पणी पनि गरे । ‘मलाई अहिलेसम्म कारवाही भएको पत्र दिइएको छैन् । न त केन्द्रीय समितिले निर्णय गरेको छ । दुई चार जना मिलेर जुन नाटक गरिएको छ । त्यो विरुद्धको अभियानमा लागेको छु,’ उनले प्रस्ट्याए ।

    नेता जोशीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकोे छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई कांग्रेसको अनुशासन समितिले पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरेको हो । १० साउन २०७६ मा कारवाहीमा परेका उनले अब पार्टीले कारवाही फुकुवा गरे पनि केही अर्थ नराख्ने उल्लेख गरे ।

    अबको निर्वाचनमा आफु पक्षधरलाई तनहुँ कांग्रेसले नसमेटे माओवादी एमाले समाजवादी जुनसुकै पार्टीसँग तालमेल गरेर अगाडि बढ्ने जोशीकाे दाबी छ । ‘पहिलो प्राथकिमता कांग्रेससँग मिलेर जाने हो । सम्मानजनक व्यवहार नभए हामी जुनसुकै पार्टीसँग मिलेर निर्वाचन लड्नेछौँ,’ उनको चेतावनी छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.