काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारसँग राखिएका विभिन्न सर्तहरु पूरा नभएको भन्दै यातायात नचलाउने निर्णय गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए ।यही २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका उपाय अपनाउँदै काठमाडौं उपत्यकाका तीनै जिल्ला र बाहिर जिल्लाभित्र मात्रै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायत माग यातायात व्यवसायीहरुको माग छ ।








