चितवनः कृषि तथा वन बिज्ञान विश्व बिद्यालय रामपुरमा दुई बिद्यार्थी संगठनबिच झडप भएको छ । नेकपा एमाले निकट अनेरास्वबियू र माओवादी केन्द्र निकट अनेरास्वबियू क्रान्तिकारी बिच आज बिहान कलेजमा रहेको होष्टेलमा झडप भएको हो ।
झडपमा परि दुई जना घाईते भएका छन् । घाईतेको अबस्था मध्यम रहेको छ । उनीहरुको चितवन मेडीकल कलेजमा उपचारका लागि ल्याईएको छ भने घटनाको बिस्तृत जानकारी आउन सकेको छैन । दुइृ बिद्यार्थी संगठनबिच झडप परे संगै होष्टेल परिसरमा प्रहरी परिचालन गरीएको छ । घटना के कारणले भएको भन्ने खुल्न सकेको छैन ।








