काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १(१ रुपैयाँले बढाएको जानकारी दिएको छ । निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८(८८ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।








