चितवन । चितवन प्रहरीले सवारी ज्यान र लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारिका अनुसार जिल्ला अदालत चितवनबाट गत चैत ११ गतेको फैसलाले सवारी ज्यान मुद्धामा २ बर्ष ११ महिना ५ दिन कैद तोकिएका जिल्ला चितवन रत्ननगर न.पा. वडा न. ५ बस्ने २८ वर्षका रेबन्त महतो लाई पक्राउ गरिएको हो ।
यस्तै लागुऔषध मुद्दामा २०६४ साल असार १३ गतेको फैसलाले १ बर्ष ३ महिना १३ दिन कैद सजाए र नगद रु १,००,०००(एक लाख) रुपैया जरिवाना तोकिएका फरार प्रतिवादी चितवनकै रत्ननगर १६ का ३६ वर्षका मनोज कुमाललाई गत फागुन ११ गते बुधबार पक्राउ गरीएको हो ।
पक्राउ परेका फरार प्रतिवादी हरुलाइ जिल्ला अदालत चितवनमा उपस्थित गराईएको डिएसपी अधिकारिले बताउनुभएको छ ।








