• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

जागिरबाट हटाइएका कर्मचारी सम्मानित 

  •   शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    खोटाङ । २०४८ सालमा खोटाङमा भएको कर्मचारी आन्दोलनमा सहभागी हुँदा नोकरीबाट हटाइएका चार कर्मचारी सम्मानित भएका छन् ।

    १५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा सरकारविरुद्ध निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी भएवापत नोकरीबाट बर्खास्तीमा परेका नासु रामकाजी खत्री, चन्द्रप्रसाद आचार्य, रामबिक्रम थापा र चित्रकुमार बजिमय सम्मानित भएका हुन् ।

    ऐतिहासिक कर्मचारी आन्दोलनमा सामेल भएर रोजीरोटी गुमाएका कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति खोटाङको ११औं जिल्ला अधिवेशन उद्घाटनको अवसरमा शुक्रबार सम्मान गरिएको हो ।

    सम्मानित कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सहसंयोजक लेखनाथ कोइराला र प्रदेश १ की पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरेका हुन् । संगठनको स्थापनाकालदेखि सक्रिय रही ऐतिहासिक कर्मचारी आन्दोलनमा सहभागी भएबापत नोकरी खोसिए पनि निरन्तर क्रियाशील रहेर संगठनको गरिमालाई उच्च बनाउन पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको संगठनका जिल्ला अध्यक्ष मोहनकुमार भट्टराईले बताए ।

    तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौताअनुसारको सेवा सुविधा नदिइएको बिरोधमा कर्मचारीको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले गोली चलाउँदा विद्यार्थी मनोज जोशीले ज्यान गुमाएका थिए । जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’ का रुपमा चिन्ने गरिन्छ । सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहर जागिरबाट हटाइएका थिए ।

    यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल खोटाङले स्वास्थ्य सेवाको क्षेत्रमा लामो समयसम्म सेवा गरेका रेवतीप्रसाद पाण्डे र पर्शुराम आचार्यलाई सम्मान गरेको छ । दोस्राे जिल्ला अधिवेशन उद्घाटनको अवसरमा पाण्डे र आचार्यलाई सम्मान गरिएको हो । आचार्यलाई मृत्यु पर्यन्त सम्मान गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघले जनाएको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.