• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त संचालक समितिको बैठक सम्पन्न

  •   शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक सम्पन्न भएको छ । बैठक फाल्गुन ११ र १२ गते काठमाडौंमा आयोजना भएको हो ।

    दुई संयन्त्रले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई सहयोग गर्न आवश्यक ढाँचा उपलब्ध गराउने गरेका छन् । भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सह–अध्यक्षतामा भारत–नेपाल संयुक्त संचालक समितिको बैठक बसेको हो ।

    संयुक्त संचालक समितिको बैठक सुरु हुनु अघि भारत सरकार ऊर्जा मन्त्रालयका सचिव कुमारले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

    संयुक्त संचालक समिति तथा संयुक्त कार्यदलको बैठकमा दुवै पक्षले भारत नेपाल साझेदारीमा ऊर्जा क्षेत्र सहकार्य एक बलियो स्तम्भको रुपमा रहेको बताए ।

    बैठकमा नेपालमा विद्युत उत्पादन परियोजनाहरुको संयुक्त विकास, सीमापार विद्युत प्रसारण पूर्वाधारको संयुक्त विकास, सम्बन्धित घरेलु नियम र नीतिगत ढाँचा अन्तर्गत विद्युत व्यापार क्षमता अभिवृद्धि सहयोगमार्फत ऊर्जा क्षेत्रमा सफलता हासिल गर्न सहमति जनाइएको छ ।

    नेपाली पक्षले काठमाडौंमा गरेको स्वागत तथा आतिथ्यका लागि आभार प्रकट गर्दै भारतीय पक्षले नेपाली पक्षलाई विशाल नवीकरणीय उर्जा क्षमताको स्थापना, “एक राष्ट्र, एक ग्रीड, एक बजार” योजनाका उपलब्धिहरु लगायत पछिल्लो क्रममा भारतको उर्जा क्षेत्रमा भएका विकासबारे जनाकारी गरायो ।  त्यसैगरी नेपाली पक्षले पनि भारतीय पक्षलाई उर्जाको क्षेत्रमा भएका विकास, विद्युत उत्पादन र प्रशारणको भविष्य र नेपालमा विद्युत मागको परिदृश्यका बारे जानकारी गरायो ।

    उर्जा क्षेत्रमा अझ बलियो र आपसी हितकर सहकार्यका लागि मार्ग प्रशस्त गर्न नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढिकरण गरेको भारतीय पक्षको ठहर छ । भण्डारण परियोजनामा विशेष जोड दिदै नेपालमा विकास गर्न सकिने किसिमका जलविद्युत परियोजना निर्माणका लागि संयुक्त जल विकास समितिको स्थापना गर्ने दुई पक्षबीच सहमति भएको जनाइएको छ । दुई पक्षबीच उर्जासँग सम्बन्धित छलफललाई जारी राख्ने र अर्को बैठक भारतीय पक्षले आयोजना गर्नेगरी सहमति भएको भारतीय राजदूतावासले जनाएको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.