• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पार्टीका राजनैतिक गतिबिधिले कोरोना र प्रकोप बिरुद्धको एकता कम्जोर हुनु हुँदैनः अध्यक्ष दाहाल

  •   आइतबार, असार २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा पार्टीका राजनैतिक गतिबिधि र अन्य बिबादले कोरोना र प्रकोप बिरुद्धको संघर्ष कम्जोर वनाउन नहुने बताउनुभएको छ । जिल्ला बिपद व्यवस्थापन समिति चितवनको बैठकलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले प्रकोप बिरुद्धको संघर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना र प्रकोप बिरुद्धको संघर्ष कम्जोर हुन नहुने बताउनुभयो । अहिले वाढी पहिरोको उच्च जोखिम भएको भन्दै उहाँले नेकपाले आफ्नो बैठक एक साताका लागि स्थगित गरेर जनताको माझमा आँफुहरु आएको बताउनुभयो । उहाँले भन्नुभयो “बाढी पहिरोको उच्च जोखिममा छ । यस्तो वेलामा पार्टीका राजनैतिक गतिबिधि र अन्य बिबादले यो एकता कम्जोर नहोस् ।” पार्टीको बैठक भन्दा जनतासंग जाने कुरा मुख्य हो भनेर आँफुहरुले बैठक रोकेको बताउनुभयो । कोरोना र बिपद विरुद्धको संघर्षमा एकतानै मुख्य कुरा भएको उहाँको भनाई थियो । दाहालले भन्नुभयो “एकतालाई कम्जोर पार्ने काम कहि कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरीदैंन ।” पार्टी एकताको पक्षमा उठेका बिषयमा भईरहेको पहललाई सकारात्क रुपमा लिदैं उहाँले भन्नुभयो “म यसमा पनि तपाईहरुको पहल भैराखेको छ । त्यसका लागि धन्यवाद ।”आगामी दिनमा अझै दृढताका साथ एकतावद्ध भएर अगाडी वढ्न उहाँको आग्रह थियो । कोरोना क्षयरोग जस्तै गरि लामो समय रहन सक्ने भन्दै उहाँले हामी कोरोना संगै हिड्ने र संगै बाँच्न सिक्नु पर्ने बताउनुभयो । दुई चार दिन ढिलो, छिटो खोप पत्ता लाग्ने भन्दै उहाँले भन्नुभयो “त्यसको उपचार पनि आउँछ । सन्चो पनि हुन्छ । अहिले पनि सन्चो भईराखेकै छ । उच्च मनोवल भए पछि रोग संग लड्न सकीन्छ ।” सतर्कता अपनाउन र उच्च मनोवलका साथ एकतावद्ध भएर रोगका बिरुद्ध लड्न उहाँले सुझाब दिनुभयो । यस रोग बिरुद्ध सबै राजनैतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकतावद्ध हुनुपर्ने दाहालको भनाई थियो । उहाँले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटवन्ध सहितको रिङ्गरोड निर्माणका लागि बिस्तृत अध्ययन प्रतिवेदन वनेर अर्थमन्त्रालयमा बजेटका लागि पेस भएको बताउनुभयो । यस संगै यस क्षेत्रको बिकासमा नयाँ आयाम आउने उहाँको भनाई थियो । दाहालले भन्नुभयो “यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको सम्बृद्धिको आधार वन्छ ।” साथै जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । बर्षातको समयमा नभएर समयमानै बिपद व्यवस्थापनको तयारी र बिकास निर्माणको काम गर्नु पर्नेमा दाहालको जोड थियो । सो अबसरमा प्रदेश सभा सदस्यहरु, राजनैतिक दलका प्रमुखहरु, स्थानीय तहका प्रमुखहरु, सरोकारवाला कार्यालयका प्रमुखहरु, सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रको गतिबिधि र धारणा राख्नु भएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्लाको समग्र बिपद व्यवस्थापनको पूर्ब तयारी र अहिलेको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । चितवन क्षेत्र नम्बर तीनका निर्वाचित सांसद समेत रहनु भएका दाहाल उपस्थित भएको वेला पारेर बिपदको वैठक राखिएको हो । दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानविय क्षती पछि निरिक्षणका लागि गृहजिल्ला आउनुभएको हो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.