• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार

  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    एजेन्सी काठमाडौं । युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिइन्, जसरी उनको उमेरका अन्य युवायुवती गर्छन् ।

    गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर थिए । उनी आमरुपमा आफ्नो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिइन् ।

    रुसले जब युक्रेनमाथि हमला गर्यो, त्यो समय मार्ता ब्रिटेनमा आफ्नो युनिभर्सिटीका साथीहरुलाई भेट्न आएकी थिइन् । यस्तो अवस्थामा कीभमा भएको हमलाको खबर सुनेर र देखेर उनी डराएकी थिइन् । त्यसपछि मार्ताले जुन काम गरिन्, त्यो कामले उनलाई रातारात ‘टिकटकको प्रभावशाली व्यक्ति’ बनाइदियो ।

    तीन भाषा बोल्छिन् मार्ता

    फेब्रुअरी २३ पछि युक्रेनमा चलिरहेको संघर्षसँग जोडिएको जुन भिडियो उनले शेयर गरेकी छन्, त्यसमा करोडौं भ्यूज छ । टिकटकमा धेरै व्यक्ति, खासगरी युवा जमात युक्रेनसँग सम्बन्धित खबर र भिडियोका लागि मार्तामाथि नै भरोसा गर्न थालेका छन् । ‘म मानिसहरुलाई युक्रेन केवल युक्रेनका मानिसको समस्या होइन, यो हरेक व्यक्तिको समस्या रहेको सम्झाउन चाहन्छु’, उनी भन्छिन् ।

    मार्ता धाराप्रवाह युक्रेनियन, रसियन र अंग्रेजी बोल्छिन् । जसै उनले युक्रेनमाथि रुसले आक्रमण गरेको खबर सुनिन्, उनी टेलिग्राम मेसेन्जिङ एपमा युक्रेनको च्यानल खोज्न थालिन् । टेलिग्राम मेसेन्जिङ एप युक्रेनमा निकै लोकप्रिय छ ।

    यी च्यानलमा युक्रेनका व्यक्तिहरु लगातार भिडियो अपलोड गरिरहेका थिए । मार्ताले यस्तो भिडियोलाई ‘सेभ’ गर्न थालिन् । ‘मेरो फोन यिनै भिडियोका कारण पूर्ण रुपमा भरिएको छ । सबै खबर मैले पाइरहेकी छु’, उनले भनेकी छन् ।

    यसपछि मार्ता यी भिडियोको सत्यता पुष्टि गर्न जुटिन् । यसमा आएको कमेन्ट हेरिन् । ‘म यो देख्न सक्थें कि मानिसहरु यो सत्य हो भनिरहेका थिए । उनीहरुले यस्तो युक्रेनमा चलिरहेको बताएका थिए’, उनी सम्झन्छिन् ।

    त्यसपछि उनले टिकटकमा भिडियो पोस्ट गर्न सुरु गरिन् र पोस्ट गरेपछि उनी सुतिन् । ‘जब म बिहान उठें र टिकटक हेरें, ती भिडियोमा त ९० लाख बढी भ्यूज पुगिसकेको रहेछ’, मार्ता भन्छिन् ।

    १७ मिलियन बढी लाइक्स

    मानवीय संकटको बेला सामाजिक सञ्जालको प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सेम ग्रेगरी ध्यान दिइरहन्छन् । उनका अनुसार टिकटकको अल्गोरिथम टपिकमा आधारित हुन्छ । ‘तपाईंको रुचीको हिसाबले कन्टेन्टलाई राख्ने गरिन्छ । यस्तोमा यदि तपाईं युक्रेनमा रुची राख्नुहुन्छ भने तपाईंले युक्रेन या युक्रेनसँग जोडिएको कन्टेन्ट बढी हेर्न पाउनुहुन्छ’, सेम भन्छन् ।

    यसरी नै अल्गोरिथमले मार्ता जस्ता कन्टेन्ट क्रिएटरलाई सहयोग गर्यो र उनी राता—रात ‘प्रभावशाली’ बन्नेतर्फ अघि बढिन् । मार्ताको भिडियोलाई १७ मिलियन बढी लाइक मिलेको छ भने हाल उनको फलोअर्स संख्या करिब दुई लाख पुगेको छ ।

    अहिले पनि उनलाई यो संख्यामा भरोसा हुन सकेको छैन । उनी आफ्नो फोनको पोस्टमा प्राप्त प्रतिक्रियाको नम्बर पढ्दै भन्छिन्,‘यी नम्बरहरुलाई मैले सम्झन सकेकी छैन ।’

    यद्यपि विशेषज्ञहरुले टिकटक ग्राउण्डबाट आएको भिडियोहरुका लागि राम्रो हुनसक्ने भए पनि यो प्लेटफर्मममा गलत जानकारी पनि पाइने गरिएको चेतावनी दिएका छन् ।

    मार्ता कन्टेन्टलाई भेरिफाइड गर्ने प्रयास गर्नु आफैंमा एक मुस्किल काम भएको स्वीकार्छिन् । भलै कोही भिडियो युक्रेनकै किन नहोस्, मानिसहरु युक्रेनी भाषा नै बोलिरहेका किन नहुन् । तर पनि भिडियोहरु देशको पूर्वी हिस्सामा सन् २०१४ देखि सुरु भएको लामो संघर्षलाई दर्शाउँछ । उनी आफू भिडियो भेरिफाइड गर्ने मामलामा विशेषज्ञ नभएको स्पष्ट पार्छिन् ।

    मार्ताले जुन भिडियो पोस्ट गरेकी छन्, त्यसमा केहीको बीबीसी न्यूजसमेतका मिडिया आउटलेट्सले पुष्टि गरेका छन् ।

    मार्ता केही व्यक्ति परम्परागत न्यूज आउटलेटको सट्टा उनको जस्तो सामाजिक सञ्जालको स्रोतबाट खबर लिन मनपराउँछन् । ‘केही मानिस व्यावसायिक पत्रकार, यहाँसम्म कि आधिकारिक स्रोतमाथि पनि विश्वास गर्दैनन्’, उनी भन्छिन् ।

    माताको परिवार युक्रेनमा छन् र उनीहरु मार्ताको सुरक्षालाई लिएर चिन्तित छन् । तर यस्ता भिडियोलाई शेयर गरेर आफूले युवा दर्शकलाई सहयोग गरिरहेको मान्छिन् ।

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.